अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को तयारी पुरा भएको छ ।
अर्घाखाँचीका ९६ वटा मतदान स्थलहरुमा स्थानीय तह निर्वाचन २०७९ को तयारी पुरा भएको हो ।
निर्वाचन शान्तिपुर्ण र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्नको लागि सहयोग गर्न सुरक्षाकर्मी , पत्रकार , बुद्दिजिवी , स्थानिय , समाजसेवी सबैले आ-आफ्नो तवरले सहयोग गर्नुहुन समेत जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले सबैमा अपिल गरेको छ ।
निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनको दिन मतदानस्थल भित्र मोबाइल, क्यामेरा , चुनाव चिन्ह अंकित लोगो , लगायतका सामग्री हरु लैजान नमिल्ने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले बताएको छ ।
पालिका निर्वाचनलाई लक्षित गर्दै अर्घाखाँचीमा एक मतदान स्थल बराबर १२ देखी २० जना सुरक्षाकर्मी हुने गरी दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।
३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहहरु रहेको अर्घाखाँचीमा ९६ वटा मतदान केन्द्र छन् भने १ लाख ६३ हजार ८ सय १५ मतदात छन् । जिल्लामा स्थानीय तहको निर्वाचनमा ७९३ जना उम्मेद्वारले प्रतिस्पर्धा गर्ने छन् ।
जिल्लाभर स्थानीय तह निर्वाचको लागि भोलि शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ।