अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क ९ को अर्घामा स्वतन्त्र उमेदवार हरि थापा माथी हातपात भएको छ । आचारसंहिता सम्बन्धी कुरामा बिवाद उत्पन्न भएपछी टोपबहादुर रायमाझीका भाई रामबहादुर रायमाझीले उम्मेद्बार थापामाथी आक्रमण गरेको थापाले आरोप लगाएका छन ।
घटना पछि जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको लागि आएका थापा त्यहा उपचार हुन नसक्ने भए पछि बुटवलको लागि रिफर भएको अर्घाखाँची डटकम संग बताएका छन ।
आफू माथी आक्रमण भैसकेपछी आचारसंहिता बिपरित भएको उक्त निर्वाचनको नतिजा स्विकार्य नहुने पनि थापाले जनाएका छन ।