अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा उत्साहपूर्ण मतदान सम्पन्न भएको छ। यहाँ मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो ।
मालारानीका ९ वार्डका मतदानस्थलमा मतदाताहरु आज शुक्रबार बिहान ७ बजेखि बेलुका ५ बजेसम्म मतदान गरेका थिए ।
२३ हजार ९ सय ३३ मतदाता रहेको मालारानी गाउँपालिकामा १५ हजार ९ सय ५० अर्थात ६६.६४ प्रतिशत मत खसेको छ । जसमा महिला ८ हजार ७ सय ६३ र पुरुष ७ हजार १ सय ८७ रहेका छन् ।