भुमिकास्थान मेयरमा राष्ट्रिय जनमोर्चाका झबिलाल र उपमेयरमा माओवादी केन्द्रका बन्जाडे जित्दै

अर्घाखाँचीडट्कम संवाददाता  
नुवाकोट, अर्घाखाँची । भुमिकास्थान मेयरमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापा र उपमेयरमा माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले चुनाव जित्ने सुनिश्चित भएको छ ।  
५ र ६ वार्ड गणना जारी रहेको र अन्य वार्डको सम्पन्न मत अनुसार थापा र बन्जाडे अगाडि छन् ।
साथै ५, र ६ वार्डको गणना केही समयमा सकिने छ । साथै खिल्जी र असुरकोटमा नेकपा एमाले (रेशम थापा) र नेकपा एमाले  (बसन्ता पौडेल)को तुलनामा राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रका भोट् बढी आउने देखिन्छ । 
भूमिकास्थान न.पा.मा वडा नं १, २, ३, ४, ८, ९ र १० गरि ७ वटाको मत गणना गर्दा मेयर सुर्य: ४९२३,                        गठबन्धन मेयर राजमो: ६०५८ उपमेयरमा सुर्य: ४३३३                    गठबन्धन उपमेयर माओवादी केन्द्र: ५६६८ मेयर राप्रपा हलो: ७० रहेको छ । साथै मेयरमा गठबन्धन ११३५ ले अगाडि थियो । 
भुमिकास्थान-७ को मतगणना सम्पन्न भएसँगै सुर्य १३०२ र  गठबन्धन मेयर राजमो ६३५ मत थियो । यो ७को गणना सँगै मेयरमा गठबन्धन ४६८ मतले अगाडि रहेको छ । 
भुमिकास्थानमा ८ वडाको मतगणना सकिसक्दा-
भुनपा १ बाट रेशम थापाले प्राप्त मत ६०३ + भुनपा १० बाट प्राप्त मत १०५१ + भुनपा २ बाट ५६२ + भुनपा ९ बाट १०५७ + भुनपा ३ बाट ३९३ + भुनपा ८ बाट ८३२+ भुनपा ४ बाट ४२५ + भुनपा ७ बाट १३०२ = ६२२५
भुनपा १ बाट झबि थापाले प्राप्त गरेको मत ९५५ + भुनपा १० बाट प्राप्त मत ८७५ + भुनपा २ बाट ७२६ + भुनपा ९ बाट ८७१ + भुनपा ३ बाट ९४८ + भुनपा ८ बाट ५८७ + भुनपा ४ बाट १०९६ + भुनपा ७ बाट ६३५ = ६६९३
४६८ मतले झबि थापाको अग्रता !
७२६ मतले बालकृश्ण बन्जाडेको अग्रता
वडा अध्यक्ष जितको हिसाबले-
भुनपा १ – काङ्रेश
भुनपा २ – जनमोर्चा
भुनपा १० – एमाले
भुनपा ९ – एमाले
भुनपा ३ – जनमोर्चा
भुनपा ८ – काङ्रेश
भुनपा ४ – जनमोर्चा
भुनपा ७ – एमाले