लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको ४ वटा स्थानीय तहको मतगणना सकिएको छ। मतगणना सकिएको स्थानीय तहहरुमा पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र भुमिकास्थान नगरपालिका रहेको छ।
ती मध्ये पाणिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जितेको छ । छत्रदेव गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। त्यस्तै मालारानी गाउँपालिकामा पनि एमालेकै अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् ।
तिन नगरपालिका रहेको जिल्लामा भुमिकास्थान नगरपालिकाको मतगणना सकिएको छ । त्यहाँ मेयरमा राष्ट्रिय जनमोर्चा र उपमेयरमा माओवादी केन्द्र विजयी भएका छन् । यो समाचार तयार पार्दा सम्म जिल्लाको २ स्थानीय तह सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकामा मतगणना जारी रहेको छ।
अर्घाखाँचीका ६ पालिकाका अन्तिम मत परिणामको लाईभ उप्डेट तलको लिन्कमा गएर हेर्नसकिने छ :-
-सन्धिखर्क नगरपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE|
https://www.arghakhanchi.com/index.php?action=news&id=PU1qTjRJak4=
-शितगंगा नगरपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE| https://www.arghakhanchi.com/index.php?action=news&id=PVlqTjRJak4=
-भूमिकास्थान नगरपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE| https://www.arghakhanchi.com/index.php?action=news&id=PUVETzRJak4=
-छत्रदेव गाउँपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE| https://www.arghakhanchi.com/index.php?action=news&id=PVVqTjRJak4=
-पाणिनी गाउँपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE| https://www.arghakhanchi.com/index.php?action=news&id=PVFqTjRJak4=
-मालारानी गाउँपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE| https://www.arghakhanchi.com/index.php?action=news&id=PU1ETzRJak4=