अड्गुरी म:म: सेन्टर खोलेर मनग्य आम्दानी गर्दै ईन्द्र खनाल | पाणिनीदेखि कपिलवस्तुसम्म सप्लाई

डिआरजी सुमन
अड्गुरी सोमवार ०९ जेष्ठ २०७९ । वैदेशिक रोज़गारवाट फर्कने युवाहरु प्रायः शहर केन्द्रीत भई सुखमय जीवन सैलीमै रमाउने गरेकोहामी सर्वत्र देख्न सक्छौ तर पाणिनि गाँउ पालिकामा एक युवा लामों समय वैदेशिक रोज़गारको लागी मध्यपूर्व स्थित संयुक्त अरवइमिटेशन दुवई मा होटल मा सेफ़ को काम गरेर स्वदेश फर्किएपछि स्थानीय रुपमा पाणिनि गाँउ पालिका वडा नं ०७ अड्गुरीमा यतिवेलाअड्गुरीमै अड्गुरी म:म: सेन्टर खोलेर मनग्य आम्दानी गरेको वताउछन ।
स्थानीय ४ जनालाई रोज़गार दिएर व्यावसाय सुरु गरेका ईन्द्र वि खनालले पाणिनि गाँउ को अतिरिक्त कपिलवस्तुमा समेत उत्पाद विक्रिगरेको अर्घाखाँची डटकम व्युरो चिप डिआरजी सुमन सँगको अन्तरवार्तामा वताएका छन । यहा पाँच प्रकारको म:म:को अतिरिक्तकवाव,परोठा लगायतको उत्पादन हुने गरेकोले आफु सन्तुष्ट भएको वताएका छन ।
वैदेशिक रोज़गार वाट स्वदेश आएपछि शहर केन्द्रीतहुने मानसिकता वदलेर गाँउ मै केही गर्न सकिन्छ भन्ने उदाहरण वन्न सफल युवा व्यावसायि ईन्द्रले निकटतम समयमै सेवा सुविधा मा वृद्धिगर्ने समेत वताएका छन ।
अड्गुरी म:म: सेन्टरका प्रोप्राईटर ईन्द्र वि खनालले एकजना मैनेजर,दुईजना किचन स्टाप र एक जना सप्लायरगरी हाल ४ जनालाई रोज़गार दिएका छन । – तस्वीर डिआरजी सुमन/अड्गुरी अर्घाखाँची ।

अन्य समाचारहरु