सन्धिखर्कमा अब रु. ३० मुनीको विजुली बिल र ६० % खानेपानी महशुल नगरपालिकाले भुक्तानी गरिदिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नव निर्वाचित नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले पदभार ग्रहण गर्दै सुशासन र बिनाझन्झट गुणस्तरीय सेवा दिने बताएका छन् । 
पदभार ग्रहण कार्यक्रममा प्रतिवद्धता मन्तब्य राख्दै नगरप्रमुख श्रेष्ठले पाणिनी बहुमुखी क्याम्पसमा स्नातक तहका ४० जना जेहेन्दार, पिछडिएका विपन्न वर्गका विद्यार्थीहरुलाई भर्ना शुल्क क्याम्पसले मिनाहा गर्ने गरि निश्चित प्रक्रिया र मापदण्डको आधारमा मासिक शिक्षण शुल्क भुक्तानी गर्न नगरपालिकाबाट छात्रवृत्ति उपलब्ध गराइने प्रतिबद्धता ब्यक्त गरेका छन् । 
श्रेष्ठले सन्धिखर्क नगरपालिका का १२ वटै वडालाई भेदभाव नगरि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र दिगो पुर्वाधार – समृद्ध सन्धिखर्क निर्माणका मुल आधार मानेर रोजगारी सृजना गर्न सकिने गरि रोजगार मुलक कार्यक्रमलाई अगाडि बढाउने बताए ।
नगरप्रमुख श्रेष्ठले न्युनतम विद्धुत महशुल ३० रुपैयाँ बुझाउनुपर्ने सम्पुर्ण घर- परिवारको विधुत महशुल नगरपालिकाले भुक्तानी गरिदिने, नगर भित्रका सम्पुर्ण सामुदायिक लिफ्टिङ्ग खानेपानीको महशुल ६० प्रतिशत नगरपालिकाले भुक्तानी गर्ने भएको छ ।
नगरप्रमुख श्रेष्ठले निर्वाचित जन प्रतिनिधि र कर्मचारीबिच समन्वय गरेर अघि बढ्ने बताउदै नगरपालिकाको विकासमा दत्तचित्त भएर लाग्ने बताए ।

अन्य समाचारहरु