बिकास घिमिरे
ठाडा । शितगंगा नगरपालिकाको कार्यपालिका निर्वाचन सम्पन्न भएको छ । कार्यपालिकामा निर्वाचित ५ जना महिला नगरकार्यपालिका सदस्य ३ जना दलित तथा अल्पसंख्यक वडा अध्यक्ष मेयर उपमेयर सहित २४ जना कार्यपालिका सदस्य रहने ब्यवस्थामा जसको लागि एमालेले ५ जना महिला सदस्य तथा ३ जना दलित, काँग्रेसले ३ जना महिला र १ जना दलित ,माओवादी केन्द्रले २ जना महिला सदस्य र ३ जना दलित सदस्य यस्तै एकिकृत समाजवादी पाटीले दलित १ जना र महिला सदस्य १ जनाले कार्यपालिका सदस्यको उमेदवारी दिएका थिए ।
जस्मा ८ जना कार्यपालिकाको लागि भएको निर्वाचनमा एमालेका ८ जनानै बिजयी भएका छन । बिजयी हुनेमा चुरा बहादुर बि.क. बोम बहादुर बि.क.,मान बहादुर नेपाली,गंगा थापा, बिष्णु भट्टराई ,पुस्पा गाहा,कमला परियार,हेम कला बि.क.गरी ८ जना नेकपा एमालेको प्यानल सहित बिजयी भएको छ।
एमालेका ३७ र गठबन्धनका ३५ सदस्य निर्वाचित भएकोमा ७२ जनाले कार्यपालिका सदस्यका लागि निर्वाचनमा भाग लिएकोमा ३ वटा मत बदर समेत भएका थिए भने २ जना एमालेका महिला कार्यपालिका सदस्यले गठबन्धनका समेत मत पाएका थिए ।
नगरपालिकामा नया निर्वाचित प्रतिनिधिहरुको पहिलो कार्यपालिकाकाे निर्णयमा २ वटा एम्बुलेन्स खरिद गर्ने ८४ उमेर पुगेका जेष्ठ नागरिकलाई समान स्वरुप वार्षिक २५ हजार नगद दिने निर्णय गरेको छ। तेस्तै कक्षा १२ सम्म निशुल्क शिक्षाको पनि सर्वसम्मत निर्णय भएको छ।