काठमाडौं । सरकारले स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुलो नि : शुल्क दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् ।
सरकारले निःशुल्क रुपमा नै यस्तो चुलो दिने भएको हो । विशेषगरि विद्युतको खपत बढाउन, धुवाँमुक्त भान्सा बनाउने लगायतका उद्देश्यअनुरुप यस्तो कार्यक्रम ल्याइएको हो ।