डिआरजी सुमन
कमाईघारी,पोखराथोक । सोमवार । १६ जेठ २०७९ । स्थानीय सरकार गाँउ गाँउ अवधारणा कार्यान्वयन गर्ने शिलसिलामा पाणिनि गाँउ पालिका वडा नं २ वडाअध्यक्ष पौडेलले दुर्गम वडाको क्षेत्र मानिएको कमाईंघारी क्षेत्रमा पुगेर वडाका काममा जुटेका छन ।
स्थानीय निकाय निर्वाचन २०७९ मा पाणिनि गाँउ पालिका २ नं वडाध्यक्ष पदमा निर्वाचित भएको लगत्तै स्थानीय ६९ वर्षका जवाहरलालघर्ति मगरको नागरिकता सिफ़ारिश वाट वडामा आफ्नो काम सुरु गरेका पौडेलले सोमवार कमाईंघारीमा पाणिनि गाँउ पालिका ०२ नंवडाका केही कर्मचारी सहित गाँउमा पुगेर वडावाट सेवाप्रवाह हुने कार्यलाई सहजीकरण गरेका छन । कमाईंघारीमा पुगेरआमनागरिकको घरजग्गा कर तिर्ने काम देखि विभिन्न प्रयोजनका लागी आवश्यक सिफ़ारिश समेतका काम भएका छन ।
पाणिनि गाँउ पालिका २ नं वडाको दमदार,साकिने, डांग्रे, फोक्सिन, वगालेखर्क, भकारीढुंगा, लोन्कुन,खड्केनी, पिपिंग, जामुने, सौर्यनेटाटोला, सुर्यवंशीटोल, कमाईघारी, घोलीडाडा, उर्ताटोल, ढाँवखाल, चिलाउनेडाडा, पोखरधारा,पातलटोल, फिरफिरेडाडा,रजौसा, वसेरी,राईखन्ने, सिम्ले, वरखोलाका ५०० वढी घरधुरीका जनताको लागी वडावाटसंचालन हुने सेवा प्रवाहलाई सहजता प्रदान गर्ने उद्देश्यले कार्यक्रम राखिएको पाणिनि गाँउ पालिका २ नं वडा सदस्य गोविन्द वहादुरपेग्नी मगरले जानकारी गराएका छन । पाणिनि गाँउ पालिका वडा नं २ कमाईघारी समुदायिक स्वास्थ्य ईकाईमा जम्मा ६०० लेकोरानोको खोप लगाईएको पोखराथोक स्वास्थ्य चौकि प्रमुख धुर्वराज घिमिरेले वताएका छन ।
घर तथा पसल नवीकरण १२० घरवाटोतथा जग्गा सिफ़ारिश ४ नागरिकता सिफ़ारिश १ भएको पाणिनि गाँउ पालिका ०२ का वडा अध्यक्ष चन्द्रकान्ता पौडेलले वताउनु भएको छ। । – तस्वीर डिआरजी सुमन/कमाईघारी ,अर्घाखाँची ।