अर्घाखाँची डटकम सम्वाददाता
सन्धिखर्क, अर्घाखाँची । सामाजिक विकास डिभिजन कार्यलय लुम्बिनी प्रदेशको आयोजना र स्टेम कोन्सोट्रियम विधालय जनज्योति माविको समन्वयमा माध्यमिक विधालयका शिक्षक निर्मित जिल्ला स्तरिय गणित-विज्ञान शैक्षिक सामाग्री प्रदर्शन सम्पन्न भएको छ।
जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख मनिराम पराजुली को प्रमुख आतिथ्यता तथा सामाजिक विकास डिभिजन कार्यलयका शाखा अधिकृत माधव बन्जाडे,जनज्योति माविका प्र.अ. माधव आचार्य, कार्यक्रम संयोजक जनज्योति माविका गणित शिक्षक मोतिराज मिश्रको आतिथ्यतामा विभिन्न जिल्लाभरका १४ वटा विधालयका शिक्षक-शिक्षिका द्वारा निर्मित गणित-विज्ञानका शैक्षिक सामाग्री प्रदर्शन मा राखिएको थियो ।
प्रदर्शन प्रतिस्पर्धात्मक रहेको कारण जिल्लाका प्रतिष्ठित अवकाश प्राप्त र कार्यरत शिक्षक मुल्यांकनकर्ताको रुपमा रहनु भएको थियो ।
शैक्षिक सामाग्री मुल्यांकनका लागि गणित तर्फ श्री भगवती मा.वि.,शंखेटारीका पु्र्व प्र.अ. तथा व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दराज आचार्य,बरिष्ठ शिक्षक गिरिराज चुदालि र पान बहादुर खत्री रहनुभएको थियो भने विज्ञान तर्फ बरिष्ठ शिक्षकहरु युवराज भुसाल,तारक रायमाझी र सुर्य बहादुर खनाल रहनुभएको थियो ।
उक्त प्रदर्शनीमा विज्ञान तर्फ जनज्योति मावि चुत्रावेशिले प्रथम स्थान हासिल गरेको छ भने गणित तर्फ जनता मावि पकलेले हासिल गरेको छ।
कार्यक्रम शिक्षा विकास डिभिजन कार्यलयका प्रमुख सुर्य प्रसाद भुसालको अध्यक्षता र वरिष्ठ विज्ञान शिक्षक युवराज भुसालको संचालनमा सम्पन्न भएको थियो ।