पाणिनीमा स्वास्थ्य क्षेत्रका कार्यक्रम तथा वजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

डिआरजी सुमन 
दुर्गाफाँट,अर्घाखाँची । वुधवार १८ जेठ २०७९ । सर्वसाधारण जनताको स्वास्थ्य सँग सरोकार राख्ने सेवा प्रवाहलाई प्राथमिकतामा राख्नेगरी नेपाल सरकारले देशभर नै समय समयमा विविध कार्यक्रम संचालन गर्दै आएको पाईन्छ ।
यसै क्रममा वुधवार पाणिनि गाँउ पालिका को आर्थिक वर्ष ०७८/७९ को स्वीकृति कार्यक्रम वमोजिम नै “स्वास्थ्य तर्फका कार्यक्रमहरुकोखर्च अन्तर्गत पाणिनि गाँउ पालिका को स्वास्थ्य क्षेत्रका प्राथमिकता पहिचान ,विगत का कार्यक्रम तथा वजेट विश्लेषण आर्थिक वर्ष०७९/८० को लागी कार्यक्रम तथा वजेट तर्जुमा सम्बन्धि अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम पाणिनि गाँउ पालिका सभा हलमासंचालन भएको थियो । 
पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालको अध्यक्षता,पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेकोप्रमुख आथित्यता,पाणिनि गाँउ पालिका उपाध्यक्ष नर्मदा गौतमको विशिष्ट आथित्यता,पाणिनि गाँउ पालिका स्वास्थ्य शाखा संयोजकशेषकान्त घिमिरेको स्वागत मन्तव्य र स्वास्थ्य शाखा सह-संयोजन राम प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो । 
पाणिनि गाँउ पालिका सभाहलमा आयोजित कार्यक्रममा पाणिनि गाँउ पालिका स्थित आठओटै वडा वाट वाडअध्यक्ष,स्वास्थ्य चौकिप्रमुख,पाणिनि गाँउ पालिकामा कार्यरत विभिन्न शाखा प्रमुख,वडा सचिव सहितका कर्मचारि,स्वतन्त्र पत्रकार डिआरजी सुमन लगायतकोउपस्थितिमा कार्यक्रम भएको थियो । 
पाणिनि गाँउ पालिका को स्वास्थ्य सेवा सँग सम्बन्धित सरोकारवालाको जिज्ञासामाथी अन्तरक्रियात्मक छलफल तथा पाणिनि गाँउपालिकामा विगतको समयमा भएगरेका विविध कार्यक्रमको समिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यक आगामी कार्ययोजनाका निर्माणसमेतका विषय उट्ठान भएको छ । पाणिनि गाँउ पालिका को सभाहलमा सम्पन्न कार्यक्रममा NHSSP नेतृत्व तथा सुशासन संयोजकअनिल भट्टराई र NHSSP – Sub National Coordinator लालमणि अधिकारी वाट सहजीकरण भएको थियो । – तस्वीर डिआरजीसुमन/दुर्गाफाँट,अर्घाखाँची ।

अन्य समाचारहरु