भिम विश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विद्यालयमा वेलैमा पाठ्यपुस्तक नपुग्दा पठनपाठन प्रभावित भएको छ।
यही जेठ १ गतेदेखि नयाँ शैक्षिकशस्त्र सुरु भए पनि सबै बिद्यालयमा अझै पाठ्यपुस्तक पुग्न नसकेको हो ।
शिक्षा विकास तथा समन्वय एकाइअर्घाखाँचीका प्रमुखमनिराम पराजुलीका अनुसार विद्यालयले पुरानै किताबबाट पठनपाठन गराइरहेको बताए। “पुस्तक अभावको कारण पठनपाडनमा समस्या छ तर जतिसक्दो चाँडो किताब उपलब्ध गराउन पहल गरेका छौँ’, उनले भने।
पाणिनी गाउँपालिकाका शिक्षा अधिकृत तेज बहादुर खनालका अनुसार पाठ्यपुस्तक उपलब्ध नहुदा पठनपाठनमा समस्या आएको छ । उनि भन्छन “बिद्यलयमा सन्दर्भ सामाग्रि तथा अन्य तरीका बाट पठनपाठन भए पनि बिद्यार्थिलाई घरमा अध्यान गर्न समस्या भएको छ ।”
पाठ्यपुस्तक अभावले शिक्षक शिक्षिकालाई समेत पिरोलेको छ । पाणिनी गाउँपालिका–७ स्थित जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक सालिकराम बेल्वासेले पठनपाठन सुरु भएको तीन साता बित्नलाग्दा पनि पुस्तक उपलब्ध नहुँदा समस्या भएको बताए।
अर्घाखाँचीमा सामुदायिक ७६ र निजी ११ विद्यालय छन्।