अर्घाखाँचीडट्कम संवाददाता
सन्धिर्खक, अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिर्खकमा स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति अर्घाखाँचीकाे निर्वाचनका लागि नेकपा (एमाले) अर्घाखाँचीकाे तर्फबाट उम्मेदवारी दर्ता गराएको छ।
जेठ २४ गते हुने जिल्ला समन्वय समिति अर्घाखाँचीकाे निर्वाचनका लागि नेकपा (एमाले) अर्घाखाँचीकाे तर्फबाट उम्मेदवारी आज दर्ता गराएको हो ।
जसमा प्रमुखमा जिवनारायण काेइराला पाणिनी-५, उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली छत्रदेव-१, खुल्ला सदस्यमा कमल घिमिरे पाणिनी-७, झुपलाल खनाल भुमिकास्थान-८, लक्ष्मण कडेँल सन्धिखर्क-७, महिला सदस्य टुल्कादेबी आचार्य मालारानी-४, डालकुमारी भण्डारी शितगंगा-१०, सीता आचार्य मालारानी-१ र दलित/अल्पसंख्यक सदस्यमा मिना बि.सी. परियार शितगंगा-१३ को उम्मेदवारी रहेको छ ।
निर्वाचनमा मतदाता १२ जना मध्ये नेकपा (एमाले) ८ जना र गठवन्धन ४ जना रहेका छन् ।