अर्घाखाँचीडट्कम संवाददाता
सन्धिर्खक, अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिर्खकमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिर्खकको साथी होटलको सभा हलमा ट्राफिक चेतना प्रर्बदन गर्ने,बिभिन्न ट्राफिक नियमको बारेमा जानकारी गराई सवारी दुर्घटना न्युनिकरण गर्ने तथा सवारी आाबागमनलाई सुरक्षित साथ संचालन गर्ने उदेश्यका साथ ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आन्तरिक मामिला तथा संचार मन्त्रालय बुटवल,लु.प्र.ट्रा.प्र.का.बुटवल र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको सहकार्यमा यस अर्घाखाँची जिल्ला भित्र रहेका सरकारी कार्यालयका सवारी चालक, बिभिन्न संघ संस्थाका सवारी चालक र अर्घाखाँची जिल्ला भित्र चल्ने सार्वजनिक सवारीका चालकहरुलाई लु.प्र.ट्रा.प्र.का.बुटवलका प्र.ब.ना.नि. हुमानन्द खलाल र अर्घाखाँची जिल्ला कार्यालयका कार्यालय प्रमुख प्र.ना.नि हरि बहादुर के.सी द्दारा प्रशिक्षण दिईएको थियो।