सन्धिखर्कमा विश्व धूम्रपान रहित दिवसको अवसरमा चित्रकला प्रतियाेगिता सम्पन्न

हिम लेकाली 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल अर्बुद राेग निवारण संस्था अर्घाखाँचीकाे अायाेजनामा  चित्रकला प्रतियाेगिता  सम्पन्न भएको छ   ।  बिश्व  धुम्रपान रहित दिवस जेष्ठ १७ ( May 31 ) काे अवसर पारेर संस्थाले चित्रकला प्रतियोगिताकाे अायाेजना गरेकाे थियाे ।
चित्रकला प्रतियाेगितामा सन्धिखर्क नगरपालिका भित्रका संस्थागत र सामुदायिक  ७  विद्यालयका बिद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।   जस्मा भगवती माध्यमिक विद्यालय कुर संखेटारि ,जनज्योति मा.वि.चुत्राबेसि ,अर्घाखाँची अावासिय मा.वि. बेलवाटिका ,सन्धिखर्क ई . बाेर्डिङ्ग स्कुल सन्धिखर्क ,गाैरि शंकर ई.बार्डिङ स्कुल सन्धिखर्क ,ग्रिन ई.वाेर्डिङ्ग स्कुल चुत्रावसी र माेदर ल्याण्ड ई .बाे .  स्कुल सन्धिखर्कले सहभागिता जनायका  थिए।
 सहभागी विद्यालयका विद्यार्थीहरूले धुम्रपान बाट मानव स्वास्थ्यमा पर्ने असर झल्किने गरि तस्बिर तयार पारेका थिए ।
सहभागी विद्यालयहरूले अाफ्नै विद्यालयका विद्यार्थी बिच  चित्रकलाकाे प्रतिस्पर्धा गरायका थिय ।  जस्मा पुरस्कृत हुने विद्यार्थीहरूलाई संस्थाका सभापति नारायण पाैडेल र कार्य समितिका पदाधिकारिकाे  उपस्थितिमा    नगद सहित प्रमाण  पत्र प्रदान गरियकाे  थियाे ।  जहाँ  प्रथम हुने लाई रू.५००/-द्वितीय हुने लाई ३००/-र तृतीय स्थान प्राप्त  गर्नेलाई रू.२०० /- प्रदान गरिएको   थियाे । यसरी पुरस्कृत गरि छनाैट भएका २१ जना छात्रा ,छात्रहरूले पुन  प्रतियाेगितामा सामेल भई   प्रतिष्प्रधा गरि बिजय प्राप्त  गरेका छन् । जस्मा प्रथम स्थान सन्धिखर्क ईङ्गलिस बाेर्डिङ् स्कूल सन्धिखर्कका संकित भुसाल ,द्वितीय स्थान माेदरल्याण्ड  ईङ्गलिस बाेर्डिङ्ग स्कूल सन्धिखर्कका अभिशेष शाहि  र तृतिय स्थान भगवती  माध्यमिक विद्यालय  कुर संखेटारि का मिशन बस्नेत ले हात पारेका थिए। 
संस्थाले प्रथम हुनेलाई रू .२०००/- द्वितीय हुने लाई रू. १५००/- र तृतिय हुनेलाई रू.१०००/- र प्रमाण पत्र प्रदान गर्ने भएकाे छ  ,बिजेता  सबैलाई  संस्थाले अागामि हुने अाैपचारिक  कार्यक्रम बिच  पुरस्कृत गरिने संस्थाका सचिव कुशल भुसालले बताउनु भएकाे छ । 
प्रतियाेगिता विद्यालयमा फरक फरक मितिमा भएका र समयमै चित्रहरू अाउन नसकेकाले कार्यक्रम एकै पटक सम्पन्न गर्न नसकेकाे उहाँले बताउनु भयाे ।
बिश्व धुम्रपान दिवसकाे अवसरमा संस्थाले यसरी नै प्रत्येक बर्ष रचनात्मक कामहरू गर्दै अाएकाे छ ।
नेपाल अर्बुद राेग निवारण संस्था २०५८ सालमा ३३अाै शाखाकाे रूपमा अर्घाखाँचीमा स्थापना भएकाे हाे ।
याे संस्थाले स्थापना काल देखि क्यान्सर पिडित लाई अार्थिक भाैतिक रूपले सहयाेग पुर्याउदै अाएकाे छ ।याे शाखामा अहिले सम्म १२५ अाजीवन सदस्य हरू रहनु भएकाे  छ । स्ंस्थाकाे कार्यालय अर्घाखाँची टेक्निकल कलेजकाे भवन सन्धिखर्कमा रहेकाे छ ।जस्लाई त्यस टेक्निकल कलेजका प्रिन्सिपल संस्थाका  उप-सभापति  द्राेण प्रसादले भुसालले सहयाेगकाे रूपमा निशुल्क प्रदान गर्दै अाउनु भएकाे छ ।

अन्य समाचारहरु