अनिल नेपाली
अर्घाखाँचीडट्कम, ज्येष्ठ २५ गते । नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले शिक्षा क्षेत्रमा देखिएका बिकृति बिसगतिलाई लिएर सन्धिखकं नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे जिल्ला समन्वय अधिकारी मणिराम पराजुली लगायतका सराेकारवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
आफुहरूले समग्र रूपमा शिक्षा क्षेत्रमा जिल्लामा देखिएका बिकृति विसगतिलाई उठाएको बताउदै यी साझा मागलाई सबैकाे ध्यानाकर्षण हुनुपर्ने जिल्ला अध्यक्ष पदम नेपालीको भनाइ रहेको छ ।
उनिहरुका मागहरु यस्ता छन् ।
निजि शैक्षिक सस्थाहरुले बर्षैपिक्छे प्रत्येक कक्षामा भर्नाको नाममा विद्यार्थी तथा अभिभावकबाट असुल गरिने सबै सुल्कको खारेजी गरि पैसा फिर्ता गरियोस।
सरकारी सामुदायिक विद्यालयको एउटै छानामुनी अङ्ग्रेजी माध्यमको नाममा विद्यार्थी तथा अभिभावकलाई गरिने आर्थिक शोषण बन्द गरियोस।
क्यारेक्टर सर्टिफिकेट तथा मार्कसिटको नाममा लगाएको मनोमानी शुल्कको लुटखशोट बन्द गरियोस।
निजि शैक्षिक सस्थाहरुको पाठ्यपुस्तक तथा युनिर्फममाथि कमिसनको आधारमा लगाएको सिन्डिकेट बन्द गरियोस।
मासिक तथा स्कुल बसमा गरिएको शुल्कबृदी खारेज गरियोस।
निजि तथा सरकारी शैक्षिक सस्थामा काम गर्ने करार शिक्षक तथा कर्मचारीको श्रमको उचित मूल्य (पारिश्रमिक)र सेवा अनिवार्य दिने व्यवस्था गरियोस।
सबै शैक्षिक सस्थाहरुमा 20/ छात्राबृतीको व्यवस्था अनिवार्य गरियोस र छात्रवृत्ति दिएनदिएको अनुगमन गरियोस।
विद्यालय हाताभित्र हुने छात्राहरुमाथिको शोषण र अपराधको अन्त्य र छात्राहरुले सुरक्षाको महसुस हुने वातावरणको ग्यारेन्टी गरियोस।
रिक्त दरबन्दि करार शिक्षक तथा कर्मचारीको पदपूर्ति गर्दा राजनितिक भागबन्डा तथा कुनैपनी बिना हस्तक्षप योग्यता र क्षमाताका आधारमा स्वच्छ र निष्पक्ष गरियोस।