अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचनमा पाटी भित्र बसेर अन्तर्घात गरेको भन्दै करिव २ दर्जन जनालाई स्पष्टीकरण साेधेकाे छ ।
जिल्लामा स्थानीय तह निर्वाचनमा पाटी भित्र बसेर अन्तर्घात गर्ने २० जनालाई अर्घाखाँची कांग्रेसकाे अनुशासन विभागले ७ दिने स्पष्टीकरण साेधेकाे हो ।
अन्य नेता तथा कार्यकर्ताले निर्वाचनमा खेलेको भुमिकाकाे अनुसन्धान भैरहेको र दाेषी ठहरिएको खण्डमा तत्काल कारबाही गरिने नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
जिल्ला कार्य समितिका १ जना पदाधिकारी र १ जना जिल्ला कार्य समिति सदस्य सहित २० जनालाई स्पष्टीकरण सोधेको प्रचार प्रसार बिभाग प्रमुख सुर्य भुसालले बताएका छन् ।