केशबराज ज्ञवाली
धनचौर, अर्घाखाची – प्राकृतिक सुन्दरता र बिबिधताले भरिएको जिल्ला हो अर्घाखाँची जिल्लाको सबैजसो स्थानहरुका आ आफ्नै किसिमका विशेषता छन त्यसैमा पनि भुमिकास्थान नगरपालिका वार्ड न १० पा पर्ने सेङ्ग्लेङ्ग क्षेत्रको आफ्नै विशेषता रहेको छ ।
नगरपालिकाको दक्षिण भागमा अवस्थित यो क्षेत्रको बिकास र सम्बृद्दिको लागि पर्यटन प्रवर्द्धननै मुख्य आधार भएको महशुश गर्दै अब सेङ्ग्लेङ्ग , धनचौर सहितको बिकासको लागि
आकर्षक होम स्टे को ब्यबस्थापन गर्दै पर्यटन ब्यबसायलाइ यहाको मुख्य श्रोत बनाउने तर्फ सबैलाइ लाग्न थापाले अनुरोध गरेका छन ।
सेङ्ग्लेङ्ग्लाइ ब्यबस्थित र आकर्षक होमस्टे क्षेत्रको रुपमा बिकास गर्दै पर्यटन ब्यबसायबाट स्थानियको जिबिकोपार्जनमा सुधार ल्याउदै समग्र भुमिकास्थान नगरको बिकासमा टेवा पुर्याउन सकिने मेयर थापाको बुझाइ रहेको छ ।
कहाँनेर पर्छ ? सेङ्ग्लेङ्ग , आरिचौर र धनचौर ।
भुमिकास्थान नगरपालिकाको वार्ड न १० मा पर्ने सेङ्ग्लेङ्ग समुद्री सतहबाट करिब १७०० मिटरको उचाइमा पर्दछ । सन्धिखर्क – गोरुसिङ्गे सडक खन्डको सुपा- घुम्टि बाट ११ किलोमिटर , खांचिकोटको खांचि मैदान बाट करिब १५ किलोमिटर ,जिल्लाको सदरमुकाम सन्धिखर्क बाट भालुवाङ सडक खन्डको टोड्के बाट ३ किलोमिटरको दुरिमा यात्रा गरेपछि सुन्दर सेङ्ग्लेङ्ग पुग्न सकिन्छ । क्रमश सेङ्लेङ्ग देखि उत्तर तर्फको तल्लो भागमा आरिचौर र आरिचौरको तल्लो भागमा धनचौर पर्दछ ।
एतिहासिक सेङ्ग्लेङ्ग दह , शिलान्यास भैसकेको पस्चिम पाथिभरा मन्दिर , देवि भगवति मन्दिर यहाका मुख्य एतिहासिक तथा सांस्कृतिक सम्पदा हुन । चैते दशैको मेला , जेठ महिनाको पुर्णिमामा लाग्ने मेला यहाका आफ्नै संकृति हुन । करिब १२०० जनसंख्या भएको यस क्षेत्रमा ९० प्रतिशतको हाराहारिमा जनजाति समुदाय बस्दछन भने बाकि ब्राह्मण , क्षेत्री , दलित समुदाय पनि बस्दछन ।
चिसो हावापानी ,बिभिन्न समुदाय बिचमा आत्मियता यस क्षेत्रका विशेषता मानिन्छन ।
यहा बार्है महिना नसुक्ने सिमसार क्षेत्रको सुचिमा रहेको सेङ्ग्लेङ्ग दहको संरक्षणका लागि वरिपरि तारबार र पानीको ब्यबस्थापन गर्दै दहको सुन्दरता बढाउन आफुहरु लागिपरेको वारड न १० का वार्ड अध्यक्ष खगेश्वर पन्थिले अर्घाखाँची डटकमलाइ बताएका थिए । उनले यस क्षेत्रको बिकासका निम्ति डिपिआर तयार गरिसकिएको र आरिचौरमा गेट निर्माण गर्ने तयारि पनि गरिएको बताएका छन ।