हरि कुँवर
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनका प्रदीप मिश्र निर्विरोध निर्वाचित भएका छन् ।
अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनका प्रदीप मिश्र निर्विरोध निर्वाचित भएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पदमा रामप्रसाद भुसाल, वाणिज्य उपाध्यक्ष दिल बहादुर वली,उद्योग उपाध्यक्ष काजी श्रेष्ठ , महासचिव तुल्सीराम खनाल , सचिव सन्तोष बस्नेत क्षेत्री , कोषाध्यक्ष रुद्र प्रसाद श्रेष्ठ र सहसचीवमा लेखनाथ भुसाल चयन भएका हुन ।
यस्तै सदस्यमा सुमित्रा ढकाल , सपिना निशा , शिवप्रसाद बन्जाडे, कमल प्रसाद खनाल, डिल बहादुर सुनार ,लेखनाथ भण्डारी ,बाबुराम पौडेल ,लक्ष्मण केसी, अतिशकिरण विक,मोतीलाल खनाल,श्यामकृष्ण श्रेष्ठ ,चेतनारायण भुसाल , प्रकाश चन्द्र बन्जाडे, कृष्ण बहादुर विश्वकर्मा र तुल्सीराम पन्थी निर्विरोध चयन भएका हुन ।
नवनिर्वाचित मिश्रले पूर्वाधार निर्माण र उद्योगी व्यवसायीमैत्री नीति ल्याए जिल्लामामा प्रशस्त लगानी वातावरण सिर्जना हुनेमा जोड दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष मिश्र युवा व्यवसायी हुन् । उच्चशिक्षा अध्ययन गर्दागर्दै व्यापार व्यवसायमा जोडिएका उनी सफल व्यवसायी हुन् । उनका मिश्र निर्माण सेवा,मिश्र सप्लायर्स,सन्धिखर्क रोडा ढुङ्गा उद्योग लगायतका आधा दर्जन बढी कम्पनी संचालनमा छन् । २०४१ सालमा अर्घाखाँची जिल्लाको मालारानी -७ रखालेमा जन्मिएका मिश्र व्यवसायीहरुको बीचमा निक्कै लोकप्रिय छन् । २०७९ सालमा सचिव र २०७५ सालमा अर्घाखाँची उद्योग वाणिज्य संघको महासचिव भैसकेका मिश्रले सामाजिक क्षेत्रमा पनि राम्रो दख्खल राख्छन् । उनी करीब १ दर्जन बढी संस्थामा समेत आवद्ध छन् । मिश्र अध्यक्ष भए सँगै जिल्लाका व्यवसायीमा खुसियाली छाएको छ ।
अध्यक्ष पदमा सर्वसम्मत चयन भए सँगै मिश्रले उद्योगी व्यपारीको निम्ति अहोरात्र खट्ने प्रतिवद्धता जनाए । उनले व्यवसायीको मुहारमा खुसि ल्याउने गरि काम गर्ने बताए । मिश्रले व्यापारीको कर बाट राज्य चलेको भन्दै निजी क्षेत्र प्रति गम्भीर हुन राज्यको ध्यानाकर्षण गराए ।
नवनिर्वाचित कार्यसमितिले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ । अध्यक्ष मिश्रलाई निर्वाचन समितिका अध्यक्ष कमल प्रसाद घिमिरे र अन्य पदाधिकारी तथा सदस्यहरु लाई अध्यक्ष मिश्रले सपथ गराएका थिए ।
सपथ ग्रहण पछि आयोजित कार्यक्रममा मन्तव्य राख्दै अर्घाखाँची उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष युवराज श्रेष्ठले सक्षम र जुझारु टिमलाई नेतृत्व हस्तान्तरण गर्न पाउँदा आफुलाई निक्कै खुसि लागेको बताए । उनलेे नवनिर्वाचित टिममा काम गर्ने ईच्छा शक्ति भएका युवाहरू भएको बताए ।