मालारानीबाट मासुको लागि लैजादै गरेका १४ वटा बाख्रा नियन्त्रणमा

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १२ डिभर्नामा  प्रहरीले अवैध रुपमा मासु प्रयोजनको लागि १४ वटा बाख्रा लैजादै गरेको भन्दै सवारी साधनलाई  नियन्त्रणमा लिएको छ । 
डिभर्नामा  प्रहरीले अवैध रुपमा मासु प्रयोजनको लागि १४ वटा बाख्रा लैजादै गरेको भन्दै सवारी साधनलाई  नियन्त्रणमा नियन्त्रणमा लिएको हो  । 
हिजो साँझ  २०;०० बजे सन्धिखर्क नगरपालिका वडा नं. १२ डिभर्ना स्थित प्रहरी चौकी अर्घा अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु १ च ४५४१ नं. को पिकअप जिपमा अबैध रुपमा मासु प्रयोजनको लागि  स्त्री प्रजातिका १४ वटा बाख्रा चौपाया मालारानी अर्घाखाँचीबाट गोरुसिङगे तर्फ लैजादै गरेको अबस्थामा फेला पारी बाख्रा सहितको सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सन्धिखर्क नगरपालिकाको कार्यालय पठाईएकोमा रु.५,०००।– (पाँच हजार) जरिवाना भएको गरिएको बताईएको छ । 

अन्य समाचारहरु