ढिकुरामा बाटो स्तरोन्नति हुँदै

पारस भट्टराई 
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका बडा नम्बर ९ ढिकुरामा सन्धिखर्क र भुमिकास्थान नगरपालिका को सिमाना क्षेत्रमा पर्ने खानि गाउँ मा भुमिकास्थान नगरपालिका बडा नम्बर ९ ढिकुरा बाट प्रधानमन्त्री स्वरोजगार कार्यक्रम बाट मानिस को प्रयोग गरी बाटो को स्तरोन्नति गर्ने काम भईरहेको छ।
सन्धिखर्क नगरपालिका ले आफ्नो क्षेत्रमा मेशिन को प्रयोग गरी बाटो बनाएको भए पनि भुमिकास्थान नगरपालिका ले मानिस को प्रयोग गरी बाटो बनाउन लागेको छ। 
भुमिकास्थान नगरपालिका मा गोरेटो बाटो को लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम का कामदार खटिएका भए पनि नरपानी ढिकुरा नुवाकोट को बाटो राम्रो बनाउन अझै समय लाग्ने देखिएको छ।

अन्य समाचारहरु