सन्धिखर्कमा मसाल समन्वय समितीको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न | वरिष्ठ नेताहरु सामन्तीबादी भए – नेता सन्तबहादुर नेपाली

हरि कुँवर
सन्धिखर्क, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी ( मसाल) समन्वय समिती अर्घाखाँचीले पत्रकार भेटघाट कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
नेकपा मसाल केन्द्रीय समन्वय समिती सयोजक सन्तबहादुर नेपालीले कार्यक्रममा बोल्दै देशभरीका कम्युनिष्ट नेताहरु विचार मात्र भएको व्यवहारिक नभएको आरोप लगाएका छ्न । नेकपा मसाल पार्टीलाई दक्षिण पन्थीलाई बुझाउने प्रसस्त गतिविधि भएको बताएका हुन ।
बरिस्ठ नेताहरु सामन्तीबादी भएको भन्दै यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण समर्थक लोकतान्त्रिक शक्तिहरुलाई एक हुन आह्वान पनि गरेका हुन ।
अर्घाखाँचीमा पनि पार्टीका दक्षिणपन्थी निति तथा विधान विपरीतका कार्यवाहीहरु फिर्ता लिनको लागी बैठकद्वारा कुरा पनि नेतृत्वले सुनवाइ नगरेको बताए । प्रेस विज्ञप्ति मार्फत नेकपा मसाल केन्द्रीय समन्वय समिती तथा राजमो केन्द्रीय समन्वय समितीलाई समर्थन गर्ने बताएका हुन ।
राष्ट्रिय जनमोर्चाको समन्वय समितिले  निकट भविस्यमा बिशेष महाधिवेशन गर्दै, मसाललाई मोहन बिक्रम एण्ड कम्पनिको आरोप
केशब राज ज्ञवाली 
राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समुह भनिएको समन्वय समिति अव घोषित रुपमा छुट्टै पार्टिको रुपमा स्थापित हुने संभावना बढेको छ । यद्यपि आजको दिन सम्म छुट्टै पार्टि घोषणा नगरे पनि पार्टि नसच्चिएकोले निकट भविस्यमानै महाधिवेशन गरेर अलग पार्टि र अलग नाम लिएर आउने असन्तुष्ट समुहले  बताएको छ ।
आज सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टि मसाल जिल्ला समन्वय समिति अर्घाखाँचीले गरेको पत्रकार भेटघाटमा बोल्दै मसालका पुराना नेता सन्त बहादुर नेपालिले यस्तो बताएका हुन ।उनले नेपालमा अब सच्चा कम्युनिस्ट पार्टि नरहेको यदि छ भने नेकपा मसाल समन्वय समिति मात्रै कम्युनिस्ट हुने बताएका छन ।
नेता नेपालिले मसाल अब मोहन बिक्रमको कम्पनिको रुपमा गएको आरोप लगाउदै अबको दिनमा कहिकतै बाट बिशेष महाधिवेशन संगै गरौ भन्ने प्रस्ताव आएपनि धेरै ढिला भएको र संभावना नरहेको बताएका छन । 
समन्वय समितिले यसलाइ पार्टिको रुपमा बिकास गर्नको लागि दस्तावेजहरु तयार पारिसकेको र निकट भविश्यमा नै सबै औपचारिक र घोषित रुपमा नया पार्टि आउने  पनि बताएका छन  ।

अन्य समाचारहरु