सन्धिखर्कमा स्वास्थ्यकर्मीहरूलाई आखाँ, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

केशब घिमिरे 
सन्धिखर्क (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिका अन्तरगतका स्वास्थ्यकर्मीहरूलाई आखाँ, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी  अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
 तालिम  शनिबार होटल ओल्ड एभरेष्टकोसभाहलमा सम्पन्न भएको छ । कार्यक्रम सन्धिखर्क नगरपालिका  उप प्रमुख मिश्रा आचार्यको अध्यक्षता कार्यकारी प्रमुख नारायण अर्यालको बिषेस आतिथ्यतामा स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीको संचालन र धर्म पन्थी को स्वागत  मन्तव्यमा सुरुभएको हो । स्वास्थ्य शाखाको आयोजनामा शुरू भएको  अभिमुखिकरण कार्यक्रममा  नगरपालिका ११ वटा स्वास्थ्य सस्था र जिल्ला अस्पताल बाट गरि ३२ जना स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको थियो।
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले उक्त कार्यक्रमले स्वास्थ्य सम्बन्धि समस्या रहेका नागरिकहरूको पहिचान एवम उपचार पद्धतिमा थप  सहयोग पुर्याउने बताउनुभयो । नागरिकहरूले स्वास्थ्य सम्बन्धि सामान्य लक्षणहरू देखा पर्दा उपचार नगर्ने हुदा दिन प्रती दिन स्वास्थ्य जटिलता देखा पर्ने हुदा यस्ता कार्यक्रमकाे माध्यमबाट नागरिकहरूको स्वास्थ्य सम्बन्धि समस्या पहिचान हुनुका साथै उपचार पद्धतिमा समेत महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
 यसैगरी उप प्रमुख मिश्रा आचार्यले सन्धिखर्क नगरपालिकाले पालिकाको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याई स्वास्थ्यको क्षेत्रलाई अब्बल बनाउने योजना साथ अगाडि बढेको बताउदै तालिममा सिकेका कुरालाई स्वास्थ्यकर्मीहरूले पालिकाका नागरिकहरूको घरघरमा पुगी सचेतनाको माध्यमबाट स्वास्थ्य क्षेत्रको सुधारमा कदमी अगाडि बढाउन आर्गह गर्नुभयो । 
कार्यक्रममा स्वास्थ्यकर्मीहरुको लागि आखाँ, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी बिशेष प्रशिक्षण प्रशिक्षक डा सरिता मिश्र, डा शागर घिमिरे र डा बिवेक बिराटले   प्रदान गर्नु भएको छ ।

अन्य समाचारहरु