अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीको भीड बढेको छ । राहादानी लिनका लागि सरकारले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राही बढेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा । फोटो: सहयोगी बिसी
पछिल्लो समय राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको भीड बढेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको भनाई छ । राष्ट्रिय परिचयपत्र लिनका लागि दैनिक ४० देखि ५० जनाभन्दा बढी सेवाग्राही आउने गरेका छन् ।
साथै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जारी गरेको सुचना अनुसार अबको केही समयमा जिल्लाका सबै वार्डबाट विवरण संकलन गरिने छ ।
नागरिकता लिन आउने सेवाग्राहीलाई यसअघि एकैसाथ राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने गरिए पनि सरकारले विद्युतीय राहदानी वितरण शुरु गरेसँगै त्यसका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भएपछि जिल्लामा परिचयपत्र बनाउने सेवाग्राही बढेको हुन् ।