सन्धिखर्कको स्याले बजारमा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको कार्यालय उद्घाटन

अनिल नेपाली | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित स्याले बजारमा भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र अर्घाखाँचीको कार्यालय  एक कार्यक्रमका बिच उद्घाटन भएको छ ।
सन्धिखर्कको स्याले बजारमा भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र अर्घाखाँचीको कार्यालय  एक कार्यक्रमका बिच उद्घाटन भएको हो ।
अर्घाखाँचीमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएपछि कृषकसँगै सरोकारवाला खुसी भएका छन् । 
केन्द्रको बुधबार लुम्बिनी प्रदेश कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले एक कार्यक्रमका बिचमा उद्घाटन गरिने मन्त्री रायमाझीले प्रदेशमा कृषि र कृषकका थुप्र्रै आशा र गुनासा भए पनि क्रमैसँग पूरा हुँदै जाने बताउदै ‘समस्या मात्र देखाएर समाधान हुँदैन । सन्तुष्टि र विकल्पहरूको पनि खोजी गनुपर्ने बताउदै  सरकारले योजनावद्ध रुपमा सवै काम गर्ने बताइन् । 
कार्यक्रम सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापा निमिक्त प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थीले सबै तहका प्राविधीकहरूबिच समन्वय भए कृषकलाई केही आशा जगाउन सकिने बताए । त्यसको लागि विज्ञ केन्द्रले स्थानीय तहका प्राविधिकहरूको क्षमता विकासमा काम गर्ने सुझाव दिए । 
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमिक्त कार्यालय प्रमुख विष्णु पौडेलले  पशु स्वास्थ्य र सेवा अन्तर्गत कृषकका क्षमता बिकास, प्रविधि, अनुदानसहित ल्याब व्यवस्थापन गरेर रोगको निदान र नियन्त्रणको उद्देश्य राखेर कार्यालय स्थापना भएको बताए । व्यावसायीले  आफुहरूलाई सिंहदरवार गाउँ आएको अनुभुति भएको प्रतिक्रिया दिए ।

अन्य समाचारहरु