केशबराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि नगरसभा बाट पारित निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाले कार्यक्रम सार्वजनिक गरेको हो ।
सन्धिखर्क नगरपालिकाले आगामी बर्ष २०७९-८० को लागि १ अर्ब ११ करोड ६३ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।
सन्धिखर्क नगरपालिकाको ११औं नगर सभाबाट चालुतर्फ ६५ करोड ४ लाख ५० हजार र पुँजीगततर्फ ४६ करोड ५९ लाख ४० हजार रुपैयाँको बजेट बिनियोजन भएको छ ।
चालुतर्फ ५८.२६ प्रतिशत र पुँजीगततर्फ ४१.७५ प्रतिशत विनियोजन गरिएको छ ।
आर्थिक विकासमा १० करोड ४२ लाख, सामाजिक विकासमा ६१ करोड ३८ लाख, पुर्बाधार विकासमा २७ करोड ९० लाख, वन वातावरण तथा विपद ब्यवस्थापनमा १ करोड १३ लाख र शुसासन तथा सस्थागत विकासमा १० करोड ८० लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
निति तथा कार्यक्रम र बजेटका मुख्य प्राथमिकता यसप्रकार छ: