काठमाडौँ, । निर्वाचन आयोगले आगामी कात्तिक ३० गते प्रदेश र संसदीय निर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ ।
निर्वाचन आयोगले सरकारलाई आगामी साढे चारदेखि पाँच महिनाभित्र आम निर्वाचन गर्ने अनौपचारिक प्रस्ताव पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनाएका छन् ।
‘अब आम निर्वाचन धेरै टाढा छैन, साढे चार महिनादेखि पाँच महिनाभित्र चुनाव हुन्छ,’ काठमाडौँ महानगरपालिकाको नगरसभामा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘निर्वाचन आयोगले आमनिर्वाचनका लागि मिति नै तोकेर अनौपचारिक प्रस्ताव पठाइसकेको अवस्था छ । अब छिट्टै सरकारले चुनावको मिति तोक्नेछ ।’
आयोगले एकै चरणमा भए कात्तिक ३० र दुई चरणमा भए कात्तिक २८ र मंसिर ३ मा निर्वाचन गर्ने प्रस्ताव आएको मन्त्री श्रेष्ठको भनाइ छ ।