अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । काठमाण्डौ – अर्घाखाँचीको सवारी भाडा ६६ रुपियाँले घटेको छ । घटेको भाडादर अनुसार अब अर्घाखाँचीको भाडा प्रतिव्यक्ती १ हजार १ सय ४९ भएको छ ।
३७८ किमी रहेको सन्धिखर्क – काठमाडौंको भाडा यस अगाडि १ हजार २ सय १५ रुपैंया रुपियाँ लिने गरेका थिए ।
उता जिल्ला बाहिर आउने जाने यात्रुहरुलाई तोकिएको दर भन्दा बढी भाडा लिएको गुनासो आएको छ ।
यातायात व्यवसायीले जवरजस्ती एक यात्रु बराबर विभिन्न बाहानामा २,३ सय रुपैंया बढी भाडा असुल्दै आएका छन् । उता जिल्ला प्रशासनले भने तोकिएको दर भन्दा बढी भाडा असुले कारबाही गर्ने चेतावनी दिएको छ ।