सन्धिखर्कमा तरकारी खेती गर्ने फर्म तथा समुहलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले तरकारी खेती गर्ने फर्म तथा समुहलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गरेको छ । 
नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अनुदानमान टनेल वितरण गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । किसानले आफुहरुले उत्पादन गरेको तरकारीको उचित बजार नपाएको गुनासो गरेकाले यसलाई छिटै बजारीकरणको व्यवस्थापनमा नगरपालिका गर्ने प्रमुख श्रेष्ठको भनाई छ ।
किसानलाई व्यवसायिक बनाउने उद्देश्यले टनेल वितरण गरिएको उपप्रमुख मिश्रा आचार्यले बताईन् । टनेल वितरण गरिएको क्षेत्रमा अनुगमन गर्ने उपप्रमुख आचार्यको भनाई छ । नगरपालिकाको छनोटमा परेका ३ सय वटा फर्म तथा समुहलाई आजबाट प्लाष्टिक टनेल वितरण गर्न सुरु गरिएको सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए । यस्तै व्यवसायिक कृषि खेती गरिरहेका कृषकहरुलाई अनुदानमा प्लाष्टिक टनेल वितरण गरिएको समेत उनको भनाई छ ।
टनेल वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, फर्म तथा समुहको प्रतिनिधित्व गर्ने कृषक लगायतको सहभागीता रहेको थियो ।

अन्य समाचारहरु