पाणिनीको दुर्गाफाँटमा गाँउपालिकाद्वारा १९ औँ राष्ट्रिय धान दिवस मनाउने कार्यक्रम सम्पन्न (भिडिओ, फोटो)
June 30, 2022
डिआरजी सुमन
दुर्गाफाँट, वुधवार १५ असार २०७९ । पाणिनी गाँउ पालिकाको दुर्गाफाँटमा पाणिनि गाँउ पालिका द्वारा १९ औँ राष्ट्रीय धान दिवस मनाउने कार्यक्रम सम्पन्न भएको छ । देशभर जसरी नै १९ औं राष्ट्रिय धान दिवस मनाउने क्रममा अर्घाखाँची जिल्लाको पाणिनि गाँउ पालिका केन्द्रदुर्गाफाँटमा पनि उत्साहप्रद रुपमा राष्ट्रीय धान दिवस मनाइएको छ ।
पाणिनि गाँउ पालिकामा सिस्नेफाँटमा प्रशस्त पानि भएकै कारण पहले नै रोपाई भईसकेको छ । दुर्गाफाँटमा यस पटक समयमै पानिपरेकै कारण असार १५ मा पानिको कमि देखिएन तर विगत केही वर्षयता पानी नभएकै कारण समयमा धान रोप्न समस्या देखिएका थिएतर यस पटक चोराहा देखी वाँसका रुखसम्म पानिको समस्या कै कारण रोपाईमा अवरोध भएको देखिदैन ।
नेपाल राष्ट्रको मुख्य बालिको रुपमा रहेको धान वाली सामान्यतया असारमा रोपेर मंसिरमा स्याहार्ने गरिन्छ । असारको १५ लाइ राष्ट्रीयधान दिवसको रुपमा मात्र नभई दहि चिउरा खाने दिनको रुपमा पनि लिइन्छ ।
पाणिनिको दुर्गाफाँटमा वुधवार सम्पन्न कार्यक्रममापाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपाने,पाणिनि गाँउ पालिका २ नं वडा अध्यक्ष चन्द्रकान्ता पौडेल,पाणिनि गाँउ पालिका ३ नं वडाअध्यक्ष युवराज ज्ञावली,पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसाल,स्वतन्त्र पत्रकारिता डिआरजी सुमन, पाणिनिगाँउ पालिकाकै शाखागत प्रमुख,पाणिनि गाँउ पालिका कर्मचारि, स्थानीय कृषिक लगायतको सहभागितामा धान दिवस मनाईएको छ । – तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।