हरिप्रसाद भुसाल
असार २२ अर्घाखाँची । अर्घाखाँची खेलकुद विकास समितिकाे अध्यक्षमा नेपाली काँग्रेसका नेता विष्णु क्षत्री नियुक्त हुनुभएकाे छ ।
प्रदेश खेलकुद बिकास समिति लुम्विनिले क्षत्रीकाे अध्यक्षतामा ९ सदस्यिय जिल्ला समिति गठन गरि २० गते नै नियुक्ति प्रदान गरेकाे हाे ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले असार १९ गतेकाे निर्णय अनुसार २० गते देखि नै सक्रिय बन्नेगरी नयाँ समितीलाई अख्तियारी प्रदान गरेका हुन् ।
अध्यक्षकाे जिम्मेवारी पाएका क्षत्री नेपाली काँग्रेस अर्घाखाँचीका काेषाध्यक्ष हुन भने उपाध्यक्षमा एकीकृत समाजवादीका नेता पिताम्वर खनाल र काेषाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम आले नियुक्त भएका छन् ।
त्यस्तै सदस्यहरुमा लक्ष्मण पाण्डे, सीता भुसाल, गणेश भुसाल, सन्जय पाण्डे, रेमकला खत्री र कृष्ण भुसाल नियुक्त भएका हुन् ।