अर्घाखाची डट्कम ,सम्बाददाता ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ खाँचिकोटका वडा अध्यक्ष चुरा बहादुर के सी वडा भित्र लोक प्रिय बन्दै गएका छ्न ।
सन्धिखर्क नगरपालिका वडा ७ को अध्यक्षपदका लागि नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
निर्वाचन ताका मतदातालाई दिएको आश्वासन शत प्रतिशत पुरा गराउनेमा उनि यतिबेला कम्मर कसेर लागिपरेका छन् । स्थानीय बासिन्दा भन्छन, ‘भोट माग्न घर घरमा पुगेर भनेका कुरा साच्चै पुरा हुन थालेका छन् ।’ स्थानीयले भने, चुराजी को काम गर्ने तौर तरिका र कार्य शैलीले हाम्रो मन जितेको छ ।’
यस्तै समाजसेवीहरु भन्छ्न वडाले युबा अध्यक्ष पाएको छ। अब बिकास को मुहार फेर्ने छ ,वडा विकास र सामाजिक रुपमा काम गर्ने शैलीलाई वडाका सबैले रुचाएका छन् । वडा अध्यक्षको काम गर्ने शैली, आफै फिल्डमा गएर हातेमालो गर्ने भएकोले वडा बासीको मन जितेका छन।
धेरै लामो समय देखि अबरुद्ध रहि आएका मोटर बाटोमा तत्कालको लागि मर्मत सम्हारको प्रबन्ध मिलाउने बताएका छन्। जिल्लाकै ऐतिहासिक प्रसिद्ध खाँचिकोट मन्दिरलाई मद्यय नजर गर्दै मर्मत सम्हारमा लागेका छन। ।
बिगत केही बर्ष देखि एक टनेलको लागि हप्तौं जिल्ला स्थित विभिन्न कार्यालयहरुमा धाउने किसान लाई ५०% अनुदानमा प्लास्टिक टनेल,च्यापकटर,प्रेसर मेसिन,काउमेट,नेट जालि,झिके् जालि,सिकेचर कैचि लगायतका कृषि अौजार हरु वडा बाटै नै बास्तबिक किसानको पहिचान गर्दै बितरणको कार्य गरेका हुन्। उनले योजना छनोट गर्दा प्रत्येक टोललाई केन्द्रित गर्दै टोल टोलमा गएर योजना छनोटका काम अगाडि बढाएका छन।
आर्थिक बर्षको अन्त्य तर्फ रहेका केही योजनाहरुको वार्ड मै सरोकार वालाहरुलाई आमन्त्रण गरि सबैको प्रतिबिम्ब स्वरुपको समिति निर्माण तथा निर्दिष्ट शीर्षकमा बिनियोजित रकमको सामुहिक अपनत्वको प्रत्याभुती गराउने कार्यको थालनीको साथै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि वडा अध्यक्षले सुधारको थालनी गरेर जाने सन्केत मिलेको छ। ।