माधव खनाल / अर्घाखाची डट्कम ,अर्घाखाँची
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय अध्यक्ष निमबहादुर बुढाथोकीले अखिल नेपाल जनजाति सम्मेलनका तत्कालीन केन्द्रिय सदस्य एवंम अर्घाखाँची जिल्ला अध्यक्ष स्वर्गीय जितबहादुर रानाको निधन भएको छैठौं वर्ष पुगिसक्दा पनि नेपालको सिङ्गो जनजाति आन्दोलनले उहाँको अभाव महसुस गरेको बताउनु भएको छ।
स्वर्गीय जितबहादुर राना स्मृति प्रतिष्ठानले छैठौं स्मृतिदिवसको अवसर पारी अखिल नेपाल जनजाति सम्मेलन द्वारा स्थापित स्वर्गीय जितबहादुर रान स्मृति प्रतिष्ठानले आज भुमिकास्थान नगरपालिका वार्ड न १ राजिमेमा २०७८ सालको वार्षिक परिक्षामा उत्कृष्ट अङ्क ल्याउने बिद्यार्थी हरुलाइ सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै बुढाथोकीले उक्त कुरा बताउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा भुमिकास्थान नगरप्रमुख झविलाल थापा, अखिल नेपाल जनजाती सम्मेलनकी केन्द्रिय सदस्य उषा पुन , राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सदस्य भोजराज खनाल ,मेघराज खनाल भुमिकास्थान नगर कार्यपालिका सदस्य खुमा बेल्बासे (माधवा)अखिल नेपाल शिक्षक संघका रामप्रसाद खनाल ,कृष्णप्रसाद खनाल ,देउराली आधारभूत बिधालयका प्रधानध्यापक उमकान्त खनाल, ब्यबस्थापन समिती अध्यक्ष बिम बहादुर घर्ती लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम स्वर्गीय रानाकी श्रीमति ज्ञानिमाया रानाको अध्यक्षता र जनजाति सम्मेलनका महासचिव अम्मरध्वज रानाको संचालनमा सम्पन्न भएको थियो ।
स्वर्गीय रानाको २०७३ साल असार २६ गते ६४ वर्षको उमेरमा निधन भएको थियो । रानाका श्रीमति दुई छोरा बुहारी एक छोरी र नातिनातिना हुनुहुन्छ ।