बाँदर आतंकले किसानहरु हैरान ।

केशब घिमिरे /अर्घाखाची डट्कम 
अर्घाखाँचीको जिल्लामा  यतिखेर बाँदर आतंक निकै बढेको छ। जिल्लाका प्रायः ग्रामीण भेगहरुमा बादरले अन्नबाली नोक्सान गरेका घटनाहरु यत्रतत्र सुन्न र देख्न समेत पाइन्छ।
सिचाइको अभाव एवं बैज्ञानिक ढङ्गले खेती गर्ने पद्धतिको विकास नहुदा आकासे पानीको भर पर्नुपर्ने किसानहरुलाइ दुःख गरि लगाएको अन्नबाली बादर, दुम्सी लगायत अन्य जंगली जनावरहरुले नष्ट गरिदिदा किसानहरु अत्यन्त पिडीत बन्न पुगेका छन्।
 विहान झिसमिसेदेखि नै बारीमा पसेर हलहलाउदो अन्नबालीलाइ आफ्नै अगाडि क्षति गरेको देख्दा किसानहरूले स्थानीय निकायबाट कुनै उपाय अपनाउन पहल गरिदिए राहत मिल्ने आशा समेत राखेका छन् ।
सन्धिखर्क नगरपालिका वार्ड न् ७ का  भालुखोला, डिहिडाँडा,डिहि,किटेनिका किसानहरू समुह बनाइ दिनभरजसो ड्युटीमा रहेका देखिन्छन ।यसैगरीलगायत सनपा २ का कुर,लातेबाज ,सानागाउ, किमडाडा लगायत सनपा ३ का रोकाहटोला छापाडाडा मा समेत बाँदर आतंकले किसान  हैरान छन। 
यस्तै अवस्था यथावत् रहेमा वा  स्थानीय निकायबाट बादर नियन्त्रणका बारेमा ठोस पहल नभएमा अन्नवाली जोगाउनै नसक्ने निष्कर्षमा किसानहरु पुगेका छन् ।
   

अन्य समाचारहरु