नरपानी प्रहरिले खाचिकोटमा अबैध उत्खननकर्ताको जानकारी दिन सकेन – फलोअप ।

अर्घाखाची डट्कम, सम्बाद्ददाता ।
अर्घाखाँची जिल्ला  खांचिकोट क्षेत्रको अबैध उत्खननमा नरपानी प्रहरिले जानकारी  दिन आनाकानि गरेकोमा मिलेमतोको शंका गरिएको छ । उक्त क्षेत्रमा उत्खनन गरिरहेको स्काभेटर र संचालकको जानकारि गराउन नरपानी प्रहरिले आनाकानि गरिरहेको छ 
खांचि क्षेत्रका स्थानियहरु सचेत भएर बारम्बार उत्खनन  गर्ने सवारि नियन्त्रणमा लिदै प्रहरिलाइ बुझाउने क्रम जारि छ , तर हिजो श्रावण ३ गते उत्खनन गरिरहेको स्काभेटरको सम्बन्धमा भने नरपानी प्रहरिले जानकारि लुकाएको हो ।
 खांचिकोटको पंचासेमा अबैध वालुवा उत्खन गरिरहेको स्काभेटरलाइ स्थानियहरुले नियन्त्रणमा लिएर प्रहरिलाइ बुझाएका थिए । पंचासे क्षेत्रमा बालुवा उत्खनन गरिरहेको अवस्थामा स्थानिय युवाहरुले उक्त स्काभेटर नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा आएको स्काभेटरको नम्बर र संचालकको बारेमा जानकारि लिन खोज्दा इन्द्र बानियाको कम्पनिको भएको नरपानी प्रहरिले बताएको थियो । स्काभेटर नया निकालेको फाइनान्स संग सोध्न पर्छ ,भन्दै प्रहरिले स्काभेटरको नम्बर अर्घाखाँची डटकम संग बताउन सकेन ।
आज सोहि बिषयमा फलोअप गर्दा प्रहरिको कुरा फरक फरक आएको छ । बिहान सम्पर्क गर्दा जरिवानाको लागि सन्धिखर्क पठाइएको बताएको  थियो। 
 उता सन्धिखर्क नगरपालिकामा बुझ्दा  अबैध उत्खनन गरेको अभियोगमा कोहि पनि जरिवानाको लागि नआएको नगरपालिकाको राजश्व शाखाका मुक्ति खनालले अर्घाखाँची डटकमलाइ बताउनुभयो ।
        उक्त क्षेत्रमा यस अघि पनि स्थानियहरुले अबैध उत्खनन र ढुवानी  गरिरहेका ट्र्याक्ट्ररहरु नियन्त्रणमा लिए पनि खानि माफियाहरुले शक्ति प्रयोग गर्दै छुटाउदै पुन अबैध कार्य जारि राखेकोमा आपत्ति स्थानियले जनाएका छ्न ।

अन्य समाचारहरु