अर्घाखाँचीमा नेता टोपबहादुर रायमाझीले ६ अर्ब भन्दा धेरै बजेट भित्र्याएको खुलासा ।

       
हरि कुँवर , अर्घाखाँची ।
नेकपा एमाले पाटी केन्द्रीय सचिव तथा तत्कालीन उर्जा मन्त्री टाेप बहादुर रायमाझीले जिल्ला भित्र ६ अर्ब भन्दा धेरै भित्र्याएको बताएका छ्न ।
अर्घाखाँचीमा नेता टोपबहादुर रायमाझीले ६ अर्ब भन्दा धेरै बजेट भित्र्याएको खुलासा  ।
जिल्लामै ४ वटा सब स्टेसन , मोटर बाटो, विधुत  ढोरपाटन  ,अर्घा एयरपोट, गोरुसिङ्गे -सन्धिखर्क , सन्धिखर्क – भण्डार  मोटरबाटो , नौलापानी झलुङ्गे पुल, देउराली झलुङ्गेपुल लगाएको क्षेत्रमा ६ अर्ब भन्दा धेरैको बजेट भित्र्याएको बताएका थिए।
संयुक्त राष्ट्रसंघ, विश्व बैंक आदिले आर्थिक गतिविधिको सफल पक्ष भनी स्वीकारी पर्यटन विस्तार महत्वका साथ यसको विकासलाई प्राथमिकताको सूचीमा राखेको बताएका थिए । देउरालीमा होमस्टे बनाएर आर्थिक वृद्धि गराउने काम पर्यटनले गर्ने बताए ।धार्मिक एवं सांस्कृतिक महत्वको व्याख्या गर्दै जिल्लालाई आर्थिक हिसाबले पनि बलियो बनाउने बताएका थिए । जिल्लामा अहिले संतोषजनक बजेट नपरेको बताएका हुन ।
अर्घाखाँचीमा नेता टोपबहादुर रायमाझीले ६ अर्ब भन्दा धेरै बजेट भित्र्याएको खुलासा  ।
प्रेस चौतारी जिल्ला शाखाले राखेको  भेटघाट कार्यक्रममा नेता रायमाझीले आफुले भन्दा धेरै कुनै नेताले बजेट भित्र्याएको भए ,आफू राजनीतिबाट सन्यास लिने समेत बताए ।
यस्तै ,नेकपा एमाले नेता रामजी प्रसाद घिमिरे र जिल्ला अध्यक्ष पिताम्बर भुसालले प्रेस राज्यको चौथो  अंग भएकोले सहयोग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अन्य समाचारहरु