अर्घाखाची डट्कम सम्बाददाता ।
अर्घाखाँची सन्धिखर्क वार्ड न.७ खाचिकोट स्थित पचांसेमा नेपाली काङ्ग्रेसले बृक्षारोपण कार्यक्रम गरेको छ । काङ्ग्रेस अर्घाखाँचीले जननायक स्वर्गीय बि.पि. कोइरालाको ४० औ बार्षिक स्मृति अबसरमा उक्त कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा काङ्ग्रेसका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
खांचिकोट क्षेत्रको बाताबरण संरक्षण र चुनढुङ्गा उत्खनन कार्य बन्द गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको काङ्ग्रेस अर्घाखाँचीले दावि गरेको छ ।
कार्यक्रममा जिल्ला सभापति केशव श्रेष्ठले सम्पूर्ण काङ्ग्रेसहरुले आफ्नो ब्यक्तिगत स्वार्थ त्यागेर बि.प. को आदर्शलाई अंगिकार गर्दै सुपादेउरालीलाई साक्षी राखेर एकबद्द हुदै सामाजिक काम र पार्टीलाई सुदृढीकरण गर्नु पर्ने तर्फ लाग्नुपर्ने बताएका छन । अबको निर्वाचन काङ्ग्रेसले जित्ने दावि गर्दै श्रेष्ठले स्थानिय परिणामलाई भुलेर अब प्रदेश र संघको चुनाबमा केन्द्रित हुन सबैलाई आग्रह गरेका छन ।
यस्तै काङ्ग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कानले पनि काङ्ग्रेस बिचार र सिद्धान्तले एक हुनुपर्ने र त्यो ब्यहबारमा पनि लागुगर्ने पर्ने बताएका छन ।उनले संक्षिप्त रुपमा बोल्दै यहाँ संचालित चुनढुङ्गा उत्खनन यो क्षेत्र र जिल्लाको लागि हितमा नभएको जिकिर गरेका हुन ।
उक्त वृक्षारोपण कार्यक्रममा जिल्ला सभापति केशव श्रेष्ठ प्रमुख अतिथि , लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान बिशिस्ट अतिथि , लुम्बिनी प्रदेश कमिटी सदस्य शान्ता भन्डारी , शितगङ्गा नगरपालिकाका मेयर छबिलाल पौडेल , काङ्ग्रेस नेता यादब प्रसाद घिमिरे, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी, छ्मा कार्की , मनिराम परियार , छ्त्रदेब गाउपालिका अध्यक्ष चन्द्र्मान श्रेष्ठ, र नेपाली काङ्ग्रेस जिल्ला उपसभापति बिष्णु प्रसाद भुसाल लगायतका नेताहरुको उपस्थिती थियो।
साथमा नरपानी सितापुर र स्थानीय नेता कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो,भने बृक्षारोपण कार्यक्रमको औपचारिक कार्यक्रम सन्चालन नेपाली काङ्ग्रेसका जिल्ला सचीव कृष्ण प्रसाद खनालले गरेका थिए ।
स्मरण रहोस, काङ्ग्रेस अर्घाखाँचीले खांचिकोटको तिनपाने लेकमा चलिरहेको चुनढुङ्गा उत्खनन बन्द गराउने निर्णय गरेको छ ।