चितवन- पहिराे खसेपछि बन्द भएकाे नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।
बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ ।