अर्घाखाची डट्कम ,सम्बाद्ददाता ।
जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले जनताको मुहार हसिलो हुने गरि काम गर्न जनप्रतिनिधिहरुलाइ निर्देशन गरेको छ ।
आज पार्टि कार्यालय मसाल बजारमा स्थानिय तहमा राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाइ बधाइ तथा शुभकामना दिदै जनमोर्चाले निर्वाचन ताका गरिएका बाचा प्रतिबद्धता पुरा गर्दै जनताको जिवनस्तर सुधार्ने गरि काम गर्न निर्देशनात्मक सल्लाह दिएको हो ।
जनप्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना दिदै जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के सी ले जनमोर्चाबाट निर्वाचित जनप्रतिनिधि अरु पार्टिका भन्दा फरक हुनुपर्ने धारणा राखेका छन ।
जनमोर्चा जनताको पार्टि भएको हुनाले काम गर्दा जनतालाइ नै ध्यानमा राखेर काम गर्नु पर्ने बताए । अन्य पार्टिकाले जस्तो कार्यकर्ता पोश्ने निति जनमोर्चामा नरहेकोले जनताको पक्षमा निर्धक्क भएर काम गर्न जनप्रतिनिधिहरुलाइ आफ्नो पार्टिले हरबखत सहयोग गर्ने उनको भनाइ छ ।
कार्यक्रममा राजमो जिल्ला अध्यक्ष थम्मन के सी, प्रमुख अतिथि शेरबहादुर बि सि ,नेकपा मसालका जिल्ला प्रबक्ता पशुपति ढकाल, राजमो केन्द्रिय सदस्य यमलाल पोख्रेल ,राजमो प्रदेश सदस्य तथा जिल्ला सचिब भुनपा ४ का वार्ड अध्यक्ष बाबुराम पन्थी , अखिल नेपाल महिला संघ केन्द्रिय महासचिव सकुन्तला राना नेकपा मसालका जिल्ला प्रबक्ता पशुपती ढकाल, ट्रेडयुनियन अन्टुक केन्द्रिय उपाध्यक्ष गोबिन्द बिसि ,अखिल नेपाल महिला संघ जिल्ला सचीव कल्पना पोख्रेल ,अखिल छैठौंका केन्द्रिय अध्यक्ष देवेन्द्र कुंवर ,अखिल नेपाल युवक संघका जिल्ला कोषाध्यक्ष बसन्त खड्का सहितको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलको रहेको थियो ,भने शुभकामना मन्तब्य दिनेहरुमा,अखिल छैठौका केन्द्रिय अध्यक्ष देवेन्द्र पौडेल,भुनपा नगर समितिका अध्यक्ष टेक बहादुर थापा,राजमो जिल्ला सल्लाहकार भिमलाल आचार्य सहित सम्पूर्ण जनप्रतिनिधिको तर्फबाट राजमो केन्द्रिय सदस्य तथा भुनपा नगरपालिका मेयर झबिलाल थापाले शुभकामना मन्तब्य राखेका थिए।
थम्मन के सी को अध्यक्षता रहेको सो कार्यक्रमको सन्चालन कबिराम खनालले गरेका थिए।