केशव खड़का
वाङलाको साबिक गाबिस हाल को स न पा – ४ र ५ को साथै स न पा -३ का करिब ८०० घर धुरिका जनताले उपभोग गर्ने यस खानेपानी आयोजना सन्चालन भएको करिब २० बर्षपछी अत्यन्तै नाजुक अबस्थामा गुज्रिएको छ ।
यस आयोजनाको मुलको इनटेक पहिरोको कारणले र पाइप लाइन पुरानो भएर उक्त पाइपमा किट जमेर अबरोध आएको छ । निकै घना जङल र पहिरोको बिचमा यसको मुहान रहेको छ । उक्त स्थानमा पुग्न करिब एक घंटाको जोखिमपूर्ण पैदल यात्रा पार गर्नु पर्छ ।
उक्त आयोजनाबाट खानेपानी उपभोग गरिरहेका उपभोक्ताहरु हालका दिनमा पानी सन्चालनमा नियमित नहुदा समस्याले गर्दा वाध्य भई पानी ,डोकोमा बोकेर लामो दुरिको पधेरा र खोलाबाट लिउन बाध्य छ्न। आयोजनाको आब्सयक मर्मत सुधार वा अरु बैकल्पिक ब्यबस्था गरेर पानी खुवाउनु पर्नेमा आम जनताको एकमत रहेको र बैकल्पिक ब्यबस्थापन गरी जनताहरुलाई उचित सफा र शुद्द पानी खुवाउनु पर्नेमा आम स्थानियहरुको माग छ ।
जनताहरुलाइ पानीको प्रबन्धको लागि बैकल्पिक आयोजना शृजना गर्नु पर्ने माग उपभोक्ताहरुको छ। यसको लागि साबिक वाङला गाबिस र स न पा – ३ का जनप्रतिनिधि ज्युहरुले तत्काल सोच बिचार गर्नु पर्ने देखिन्छ।
यस आयोजनाको स्थापना कालदेखि हाल सम्म निम ब रिजाल अध्यक्ष हुनु हुन्छ। हालका दिनमा यस समितिका अध्यक्ष निम ब रिजालले यस आयोजनाको रेखदेखको लागि आबस्यक र उचित समय दिन नसक्न्नु पनि थप एक कारण रहेको आम उपभोक्ताको गुनासो रहेको छ।
उहा बैकुण्ठ पुरि सङ्रालय र जेष्ठ नागरिक समाजको पनि अध्यक्ष हुदा ,उहाले यस आयोजनाको कार्यमा समय दिन सक्नु भएको छैन। उहाको उमेर अबस्थाले गर्दा उक्त मुहानमा हिडेर पुग्न उहालाइ कठिन छ। तत्काल उपभोक्ता समितिको साधारण सभाको आयोजना गरेर उर्जावान नेतृत्व सहितको नया समिति गठन गर्नु पर्ने आब्सयक देखिन्छ ।
सदा एकल नेतृत्व रहदा आयोजना र आम उपभोक्ताहरु खानेपानीबाट बन्चित हुनु पर्ने अबस्था रहेको छ। तसर्थ यस अबस्ठाबाट पार पाउन मात्र नयाँ युबाहरुले आफ्नो भूमिका समयमै लिनु पर्ने र काम गरिसकेको र उमेर अनुसार बर्तमान समितीलाई सम्मान पुर्वक बिदाइ गरी नयाँ समिती बनाएर जानु पर्ने देखिन्छ।
– आयोजनाको मुहानमा स्थलगत रिपोर्टको आधारमा तैयार गरिएको समाचार ।