संतोश सुनार/अर्घाखाची डट्कम ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयक खारेजी गर्न दवाब दिदै बढदो महँगि र भस्ट्चारलाई नियन्त्रणको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय महत्वका बिषयमा सामान्य संसदीय परम्पराको समेत उलंघन गर्दै ध्वनि मतले पास गरेको-राष्ट्रघाती नागरिकता बिधेयकका विरुद्ध सन्धिखर्क भक्ती टोला चोकमा कोणसभा सम्पन्न गरेको छ।
बिरोध प्रदर्शनमा प्रदेश सल्लाहकार शेरबहादुर बि. सि.,जिल्ला अध्यक्ष थम्मन के. सि.,अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेल,अखिल नेपाल ट्रेड युनियन अन्टुकका केन्द्रिय उपाध्यक्ष गोबिन्द बि. सि. , रा.ज.मो. जिल्ला प्रबक्ता पशुपति ढकाल , अखिल नेपाल शिक्षक संघ केन्द्रिय महासचिव चक्रपाणि पौडेल , केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपाली लगायतका नेताहरुको उपस्थिति थियो।
सो बिरोध तथा कोण सभामा बोल्ने अधिन्काश वक्ताहरुले रास्ट्रघाती यो बिधेयक जनता र देशको हितको बिरुद्द बिदेशीहरुलाई खुलेआम देश भित्र सहज अबस्थामा भित्राउने र बिदेशीहरुलाई नेपाल रणभुमी र क्रिडास्थल बनाउने तर्फ उन्मुख भएकोले यसको चौतर्फी बिरोध र खारेज गर्नु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा रा.ज.मो कार्यकारी केन्द्रिय अध्यक्ष रश्मिराज नेपाली , जिल्ला प्रबक्ता पशुपति ढकाल , अखिल नेपाल शिक्षक संघ केन्द्रिय महासचिव चक्रपाणि पौडेल लगाएतका नेताले संबोधन गरेको सो कार्यक्रमको संचालन सुदिप पन्थीले गरेका थिए ।