कोभिड–१९ संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा थप दुई जनाको मृत्यु भएको हो । योसँगै अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५९ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ६३८ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ५५ जनामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको छ ।
सोही समयमा २ सय १८ जना निको हुँदा अहिलेसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ ।
यसदिन २ लाख ५७ हजार ८ सय ७८ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ भने ३ हजार ७१४ जना सक्रिय संक्रमित देशभर छन् ।