एसईईको नतिजा सार्वजनिक, ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ६३३ , यस्तो छ हेर्ने तरिका ।

tvs
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेकाे छ । 

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।  नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । कोभिड-१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् ।

शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

एसईईमा ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएका छन् ।

सबैभन्दा धेरै एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन् र एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएका छन् । १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ ।

हेर्नुहोस् प्रदेशगत रुपमा एसईई नतिजा

मेसेज गरेर नतिजा हेर्ने तरिका

एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत हेर्न उल्लेखित प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।
  • त्यसपछि न्यु मेसेजको अप्सन ट्याप गर्नुहोस् ।
  • त्यसपछि SEE लेखेर सिम्बोल नम्बर टाइप गरी १६०० (उदाहरणका लागि- SEE 12345678 टाइप गरी 1600)  मा पठाउनुहोस् ।
  • त्यस्तै नेपाल टेलिकमको आईभीआर मार्फत नतिजा सुन्न १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिन्छ ।  

त्यस्तै स्प्याराे एसएमएसबाट नतिजा हेर्नका लागि माथिकै जस्ताे (उदाहरणका लागि- SEE 12345678) प्रक्रिया अपनाई ३५००१ मा एसएमएस पठाउनुहाेस् ।

त्यसैगरी इजी सर्भिस प्रा.लिमार्फत एसएमएसमा नतिजा हेर्न माथिको प्रक्रिया अपनाई ३४९४९ मा एसएमएम पठाउनुहाेस् ।

त्यस्तै आकाश टेक प्रालिमार्फत एसएमएसमा एसईई नतिजा हेर्न माथिको प्रक्रिया अपनाई ३१००३ मा एसएमएस पठाउन सकिनेछ ।

एसएमएस र आईभीआर सेवामार्फत जीपीएमात्र थाहा पाउन सकिन्छ । यदि सम्पूर्ण विषयको ग्रेड थाहा पाउनु छ भने अनलाइनबाट हेर्नुपर्ने हुन्छ ।

वेबसाइटबाट नतिजा हेर्ने तरिका

अनलाइनबाट नतिजा हेर्नका लागि परीक्षा नियन्त्रण कार्यलयले नौ ओटा साइटलाई स्वीकृति दिएको छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ ।

त्यसपछि तल उल्लेखित साइटबाट हेर्न सक्नुहुन्छ ।

-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा दशबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-स्प्यारो पे प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-नीमा एडुकेसन फाउण्डेसन प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-कान्तिपुर पब्लिकेसन लिमिटेडबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-द कनेक्ट प्लस प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-ईडीयू सञ्जालबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-नेपाल टेलिकमबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

रिडर्स पोइन्ट प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।