अर्घाखाँचीमा दर्ता भएका मुद्दा मध्ये अधिकास सम्बन्ध बिच्छेदका मुद्दा दर्ता।

Sanima
 
रुद्रमणि भुसाल , अर्घाखाँची । 
 
अर्घाखाँचीको जिल्ला अदालतले  आर्थिक वर्ष २०७८।७९ को बार्षिक लक्ष्य र  प्रगतिको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जम्मा मुद्दा ४ सय ७४ मा ३ सय ४८ मुद्दा फछयोँट भएको जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार  महेश खनालले जानकारी दिनु भयो । 
अर्घाखाँचीमा दर्ता भएका मुद्दा मध्ये अधिकास सम्बन्ध बिच्छेदका मुद्दा दर्ता।
 लक्ष्यको् तुलनामा १ सय ६५ थान मुद्दा बढी  फछयौँट भएका हुन् ।फछर्योट हुन बाकी रहेका १सय २६ थान मुद्धामध्ये अधिकाश ६ महिनाभित्र मात्रै दर्ता भएका हुन् । 
अर्घाखाँचीमा दर्ता भएका मुद्दा मध्ये अधिकास सम्बन्ध बिच्छेदका मुद्दा दर्ता।
 
अर्घाखाँची जिल्ला अदालतमा आएका मुद्धाहरुमा सम्बन्ध बिच्छेदका मुद्धा सबै भन्दा बढी रहेका छन् । एक वर्षको अबधिमा २ सय ६ थान  बिच्छेदका मुद्या परेका छन् । त्यसपछि अशं र लेनदेनका मुद्दा बढी परेका छन् । अशंतर्फ ४४ थान  र लेनदेनतर्फ २६ थान मुद्दा रहेका  छन् । 
अर्घाखाँचीमा दर्ता भएका मुद्दा मध्ये अधिकास सम्बन्ध बिच्छेदका मुद्दा दर्ता।
सम्बन्ध बिच्छेदका मुद्दा बढ्नुको कारण अपरिपक्क विवाह ,पारिवारिक असन्तुलन ,वैदेशिक रोजगार , महिला सशक्तिकरणको    कमी लगायत रहेका छन् ।  
अर्घाखाँचीमा दर्ता भएका मुद्दा मध्ये अधिकास सम्बन्ध बिच्छेदका मुद्दा दर्ता।
कार्यक्रममा  जिल्ला न्यायधिस बासुदेब न्यौपाने  , बारका जिल्ला अध्यक्ष बिजय क्षेत्री , लगायतले मनतब्य राखेका थिए । कार्यक्रममा पत्रकार , कानुन ब्यवसायी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन श्रेस्तेदार  महेश खनालको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु