अर्घाखाँची ।
राजमो केन्द्रीय सदस्य सागर के सी की पत्नी तुल्सादेवी खड्काकाे ६४ वर्षको उमेरमा साउन ९ गते मुटुको सल्यकृया भएको केही दिनमै उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।स्वर्गिय तुल्सा देबीको पार्थिब शरीरलाई जिल्ला स्थित घर धारापानीमा लगिए तापनी केही दिन परिवारका सदस्यहरु बाहिर रहेकोले अन्त्येष्टि कार्य केही दिन ढिला हुन पुगेको परिवारिक सुत्रले बताएको थियो।
स्वर्गिय खड्काकाे आज गच्छे स्थित घाटमा हजारौ शुभ चिन्तक,आफन्तजन ,कार्यकर्ताहरु , राजनितिक दलका नेताहरु लगायत बिभिन्न पाटिका शुभचिन्तक एब घरपरिवारको उपस्थितिमा स्वर्गिय तुल्सादेवीको पार्थिब शरीरमा राजमो नेता तथा केन्द्रिय सद्स्य यम लाल पोख्रेलले पार्टिको झन्डा ओडाएर अन्तिम श्रदान्जली दिएका थिए।
अन्त्येष्टि कार्यकममा राजमो नेता सकुन्तला राना ,जिल्ला अध्यक्ष थम्मन के सी ,नेकपा मसाल जिल्ला प्रबक्ता पशुपती ढकाल ,त्यसै गरी नेकपा एमाले नेता तथा नगर अध्यक्ष श्रीकृष्ण भुसाल ,नेपाली काङ्रेस केन्द्रिय सद्स्य तथा पूर्व राज्य मन्त्री रेवती प्रसाद भुसाल , लुम्बिनी प्रदेश सह महामन्त्री बिष्णु प्रसाद् खनाल मुस्कान ,काङ्रेस जिल्ला सभापती केशब श्रेष्ठ , पूर्व नगरप्रमुख कमल प्रसाद् भुसाल ,नेकपा माओबादीका केन्द्रिय सद्स्य तथा पूर्व नगर उपप्रमुख ठाकुर कुमार बिक ,नेकपा एसका नेता राम बहादुर चौहान,भुमिकास्थान नगरउप प्रमुख बालकृष्ण बन्जाडे लगायत हजारौ राजमो कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थिती रहेको थियो।
अन्तिम श्रदान्जली कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष थम्मन के सी ले स्वर्गीय तुल्सादेवी खड्काको असामयिक निधनबाट संगठनलाई अपुरणीय क्षति पुगेको र उहाँले संगठनमा देखाएको निष्ठा, सक्रियताबाट महत्वपूर्ण पाठ सिक्नुपर्ने भन्दै स्वर्गीय खड्काको महिला आन्दोलनमा अतुलनीय याेगदान रहेको उल्लेख गरे ।
गच्छे स्थित घाटमा स्वर्गिय तुल्सा देबि प्रती अन्तिम श्रर्दाजन्ली प्रकट गर्न घरपरिवारका सद्स्य पती सागर के सी लगायत छोरी ज्वाँईको उपस्थिती रहेको थियो। यसैगरी स्वर्गिय तुल्सा देबिका ३ छोरा र छोरीहरुले स्वर्गिय आमा तुल्सा देबी प्रती अन्तिम भावपूर्ण श्रदान्जली दिएका थिए।
अन्तिम श्रदान्जली तथा अन्त्येष्टि कार्यक्रमको सन्चालन गोपाल पौडलले गरेका थिए।