आज श्रावण १५ अर्थात खिर खाने पर्व ।

Sanima
आज श्रावण १५ गते खिर खाने दिनको रुपमा मनाइदै छ । कृषि प्रधान देश नेपालमा यसको बेग्लै महत्व रहेको छ । एक महिना अघि असार १५ गते दहि चिउरा खाएर मनाए जस्तै साउनको १५ मा खिर खाने चलन छ ।
        यो पुरानै चलन हो , श्रावणमा हरियो परियो धेरै पाइने हुनाले गाइ, भैसिले पनि दुध बढि दिने हुँदा यो समयमा खिर खाने गरिएको हो । हरेक शुभ साइतमा खीरको महत्व छ । त्रेता युगमा दशरथका ३ महारानीले खीर खाएरै गर्भ धारण गरेका थिए भन्ने पनि भनाइ छ । विभिन्न पुजा आजामा खीर खाने गरिन्छ । हवनमा समेत खीर या पायसलाई अग्नीमा चढाउने गरिन्छ ।
असार महिनामा रोपाँइ सकेपछि श्रावण १५ कृषकहरूले तातो खिर खाएर मनाउने गरेका हुन्छन् । यस प्रकारको खानेकुरा खानाले स्वास्थ्यमा लाभ हुने विश्वास छ । असारभरी पानी र हिलोमा खेल्दा चिसो लाग्ने र तातो खिर खाँदा चिसोबाट जोगीने विश्वास छ ।