बिप्लप सैद्धान्तिक रुपमा बिचलित र सत्ताकाे मोहमा फसेकोले, पार्टी विभाजन भएको नेकपा कम्युनिस्ट पार्टी बहुमत केन्द्रीय संयाेजक बास्ताेलाको भनाइ ।

Sanima
अर्घाखाची डट्कम सम्बाद्ददाता । 
नेकपा कम्युनिस्ट पार्टी बहुमतका केन्द्रीय संयाेजक धर्मेन्द्र बास्ताेला (कन्चन) ले सैद्धान्तिक विचलन छाेडर सत्ताकाे बाटाेमा महासचिव हिडेकाेले पार्टी विभाजन भएको बताएका छन् ।
जनपत्रकार सगठन अर्घाखाँचीले सन्धिखर्कमा आयाेजना गरेकाे पत्रकार भेटघाटमा संसदीय व्यवस्था भित्र राजनितीमा विप्लव प्रस्थान गरेकाेले पार्टी विभाजन भएको बताए ।पार्टीकाे बैठकमा चुनावमा जान नहुने ४५ जना र विप्लव सहित २७ जना चुनावमा जानुपर्छ, भन्ने धारणा राखी पार्टीका महासचिव विप्लव संसदीय व्यवस्थाभित्र आत्मसमर्पण गर्न खाेजेकाे आराेप लगाएका छन् ।
May be an image of 9 people, people sitting, people standing and indoor
नेपाल पनि श्रीलन्काको  बाटाेमा जान लागेकाे बताउँदै देशमा युद्व नभएपनि धनी, गरिब कुनै मानिस सन्तुष्ट नभएको कन्चनले बताएका छन् । जनता सड्कका आएर आन्दाेलन गरेर संविधान बदलेमा मात्रै राजनितीक स्थिरता हुने बताएका छन् ।
May be an image of 9 people, people sitting, people standing and indoor
 जन निर्वाचित कार्यकारी राष्ट्रपति, सासंदबाट मन्त्री बनाउन नहुने बताउँदै विज्ञ मान्छेलाई ल्याएर मन्त्री बनाउनुपर्ने, प्रधानन्यायाधीश जन निर्वाचित हुनुपर्ने बताउँदै न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका जनताबाटै निर्वाचित हुनुपर्ने आफ्नाे पार्टीकाे धारणा रहेकाे स्पष्ट पारेका छन् ।
May be an image of 6 people, people sitting and people standing
जनपत्रकार संगठनका केन्द्रीय सदस्य अनिल नेपालीकाे अध्यक्षता, अयन विककाे सञ्चालनमा सम्पन्न भएकाे कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बहुमतका कपिलवस्तु, अर्घाखाँची ईन्चार्ज शेरमान, पार्टीका शेक्रेटरी नवीन खड्का लगाएतकाे उपस्थिति रहेकाे थियाे। 

अन्य समाचारहरु