बर्तमान समयमा नेपालमा संम्बन्ध बिच्छेदकाघटना हरु धेरै भएको पाइन्छ।खासगरी युवाबर्गमा यो आजकाल बढी देखिन्छ ।भर्खर बिबाह गरेका श्रीमान श्रीमती देखि उमेर ढल्केका दम्पती बीचमा पनि यो देखिन थालेको पाइन्छ।
सानो उमेर देखि ठूलो उमेर सम्म यो समस्या देखिदै आएको पाइन्छ।खासगरी श्रीमान श्रीमती बिच कुरा नमिल्नु बिचारमा मेल नखानु आपशी मनमुटाव,बिश्वासमा कमि एक अर्काको अस्तित्व स्विकार् नगर्नु ।आपशी झै-झगडालचकता नहुनु सहनशिलतामा कमि ब्यबहारिकतामा कमि कमजोरी हुनु ।दुवैको सल्लाह बिना आफुखुशी चल्नु एकअर्कामा राम्रो सम्बन्ध नहुनु आदि प्रमुख कारण हुन सक्छ्न।
संम्बन्ध बिच्छेद भनेको दुइजना वा श्रीमान श्रीमती बिचको बैबाहिक सम्बन्ध लाई दाहित्व बाट अलग गर्ने कानुनी आधारलाई नै सम्बन्ध बिच्छेद भनिन्छ । यसलाई प्राचीन समयमा पनि राखिएको पाइन्छ।खासगरी १९९०को संविधान २०२०को मुलुकी ऐन र नेपालको संविधान २०७४मा यो ब्यबस्था रहेको छ।
सम्बन्ध बिच्छेद गर्नु एउटा कानुनी स्वतन्त्रतालाइ प्रयोग गर्नु हो आफु दुइजाना बिच मेल नखाएमा श्रीमान श्रीमती बिचहुने सारिरिक र मानशिक समस्यालाई अन्त्य गर्न यो प्रक्रिया अपनाउन सकिन्छ। आपसीमानसिक र सारिरिक समस्या बाटबच्न सकिन्छ र तनाव कम गर्न सकिन्छसाथै एउटा सहज बाताबरण वा बाटो गर्न सकिन्छ।नेपालको संविधान अन्तर्गतमुलुकी देवानी सहित २०७४मा सम्बन्ध बिच्छेद सम्बन्धि निम्न कानुनी ब्यबस्था छ्न
पत्निले पतिसग सम्बन्ध बिच्छेद माग्ने वा गर्न सक्ने ब्यबस्था निम्न छ्न: दफा (९५)बमोजिम यदि कानुन बमोजिम अंश लिइ बसेमा वा लगातार तीन बर्ष सम्म भिन्न भइ बसेमा पत्निको ब्यवास्था गरेमा ।वा मन्जुरी बिना बसेमा खाना लाउन नदिएमा ।मानसिक यातना र जवरजस्ती गरेमा धम्की दिएमा कर्को बिबाह गरेमा ।
त्यसैगरी पतिले पत्निसग सम्बन्ध बिच्छेद गर्न सक्ने ब्यबस्था पनि छ दफा(९४)अनुसार पत्निले मात्रै होइन पतिले पनि सम्बन्ध बिच्छेद माग्न सक्छ्न ।पतिको मन्जुरी बिना पत्नी लगातार तीन बर्ष वा सो समयभन्दा बढी सम्पर्क बिहिन अबस्थामा बसेमा ।खान लाउन नदिएमा ।अन्य पर पुरुष सँग सम्बन्ध राखेमाडर धम्की यातना दिएमा घर निकाला गरेमा अङ्गभङ हुनेकाम गरेमा सम्बन्ध बिच्छेद माग गर्न सक्छ।
मुलुकी कार्यबिधी संहिता २०७४अनुसारसम्बन्धमा बिच्छेद संम्बन्धि कार्य अन्तर्गत कानुनी प्रक्रिया के कस्तो छ त भन्ने बियसमा हेर्दा
यश अनुसार जुन ब्यक्तिलाइ कानुन अनुसार असर देखिन्छ वा परेको छ त्यसलाई मुद्दा गर्ने अधिकार हुनेछ।सम्बन्ध बिच्छेदमा मुद्दा गर्ने अधिकार् पति पत्नीलाई भन्दा अन्यलाई हुँदैन ।त्यसैले जुन ब्याक्तीलाई असर परेको छ उसैले कानुन भित्र रहेर मुद्दा दर्तागर्नुपर्ने कारण सहित खुलाइ उजुरी गर्नुपर्छ ।सम्बन्ध बिच्छेद हदम्यादमा एकमैनाको अवधी हुन्छ।
बिच्छेद सम्बन्धि मुदा दर्ता सम्बन्धित अदालतमा गर्नुपर्छ र उक्त दर्तागर्दा बादिले आफुलाइ के कस्तो कुरामा अन्याय भएको हो सम्पुर्ण बिबरण उक्त पत्रमा दिनुपर्छ ।यो एउटा फिराद पत्रपनि हो ।यसमा आबस्यक कागजात सहित पेश गर्नुपर्छ।उक्त ब्यक्तिको नागरिकताको प्रमाणपत्रको फोटोकपी फोटो सम्बन्धित निकायको सिफारिस दाबी सम्पत्तिको बिबरण कानुन अनुसार पत्र अदालती दस्तुर हरु सबै पेश गर्नुपर्छ ।
उक्तफिराद पत्र दर्तागरेबमोजिम अदालतले पर्तिबादिलाइ पर्तिबाद गर्न २१दिने म्याद दिने गर्दछ।यो तामेल कानुनी ब्यबसायी मार्फत इमेल र तामेल गर्ने उक्त अड्डामार्फत हुन्छ।तर २१दिनमा पनि नसकेमा १५दिने पुर्ण रुपमा थप गर्न सकिन्छ।
फिरादिले उक्तमाग दाबिगरेको सम्बन्धमा अदालत समक्ष प्रतिबाद गर्नुपर्ने हुन्छ।यश मुद्दामा सम्पत्ति दाबी गर्ने नगर्ने वा रहेको आफ्नो सम्बन्ध हरुलाइ बिच्छेद गर्ने नगर्नेबारे प्रतिबाद गर्ने गरिन्छ।यति भैसकेपछी उक्त बादी वा प्रतिबादिको तर्फबाट रिपोर्टहरु पेशगर्ने अनुमती दिन्छ आबस्यक प्रमाण बुझेपछी अदालतले ।मेलमिलापको लागि पतिपत्नी बिचको बाताबरण हरु तयार गर्दछ सकभर मेलमिलाप नै गराउनेतिर उ लाग्छ तर मेलमिलापको लागि एकबर्ससम्मको बाटो उसले हेर्दछ।त्यसपछी फैसलातिर लाग्ने गर्दछ।फैसलागर्दा उक्त ब्यक्तिको सम्पत्ति विवरण के कस्तो छ त्यो बारेमा सबै सत्य तथ्य वा सबै बिबरण तयार गर्ने गर्दछ।
उक्त फैसला भएपछी सम्पत्ती अंश बिबरण हरु जुनको नाममा दिनुभनेको छ सो बमोजिम कार्यनयन गरेर कानुन अनुरुप गर्नुपर्छ।
नेपालमा सम्बन्ध बिच्छेदका घटनाहरु आजकल धेरै सुनिने र देखिने गरेको पाइन्छ तर खासत यसकोप्रकृयामा जाँदा त्यति सजिलो हुँदैन ।पति पत्निबिच केही मनलाइ संतुष्ट भएतापनी समग्र जीवन बच्चाबच्चीलाई पनि समस्या हुन सक्छ बिच्छेद पछिको जीवन सहज नहुन सक्छ ।जसले गर्दाजीवन राम्रो होला नहोला तर एउटा तनावको बाटोबाट मुक्तहुने प्रक्रिया हो ।तर डिभोर्स एउटा बाध्यता पनि हुन सक्छ जुनि जुनि सगै बसौला
जीवन सार्थक बनाउला भन्ने आशाका ती क्षेणहरुसोँचे अनुरुप नहुँ दा सगै बस्ने सहज बाताबरण नहुँदा अनेक प्रक्रियाले यो समस्या आउने गर्दछ ।त्यसैले बैबाहिकजिवनमा जोडिदा निकै ख्याल गर्नु आबस्यक छ ।हतारमा नबुझी बिहेगर्ने र झुक्याउने ढाट्ने कारणले गर्दापनी यो समस्या आउन सक्छ ।जसले गर्दा जीवन सार्थक बन्दैन अलग्याउने बाटो रोज्नुपर्ने हुन्छ ।हरेक कुरा बुझेर गरौ ।सकभर जिवनमा मिलेरै बसौं हुँदैन भने अन्तिम बाटो कानुनलाइ रौजौ जसले सबैलाई न्याय दिनेछ।
लेखक – काशिराम घिमिरे कानुनको विद्यार्थी हुन।
नेपाल ल क्याम्पस