महंगी र भ्रष्टाचारविरुद्ध एमालेको विरोध प्रदर्शन।

tvs
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विभिन्न भ्रातृ संगठनहरूले महंगी, भ्रष्टाचार तथा अनियमितताको विरोध गर्दै प्रदर्शन गरेका छन् ।
काठमाडौंको बसन्तपुरस्थित सयौंको संख्यामा उपस्थित एमाले कार्यकर्ताले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । वर्षा भइरहँदा पनि छाता ओढेर प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
सरकारले इन्धन तथा खाद्यान्नमा मूल्यवृद्धि, भ्रष्टाचार लगायत अनियमितता रोक्नु पर्ने प्रदर्शनकारीको माग छ । मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट ¥याली निकालिएको हो ।
जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर समापन हुनेछ ।
Sanima
जन प्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यस अन्तर्गतका चार जिल्ला, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहेको छ ।
प्रदर्शनकारीले विभिन्न ब्यानर, ग्याँस सिलिण्डर बोकेर विरोध जनाएका छन् । उनीहरूले परमादेशी सरकार मुर्दाबाद, परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर् लगायतका नारा लगाएका थिए ।